संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ । आजकोनयाँ पत्रिकामा समाचार छापिएको छ ।
सोमबारसम्म राष्ट्रपति कार्यालयलाई थाहा छैन
सरकारबाट बिजनेस नपाएपछि संसद् अधिवेशन आजै अन्त्य हुने सांसद तथा संघीय संसद् सचिवालयमा चर्चा चले पनि राष्ट्रपति कार्यालय भने सोमबार अबेरसम्म बेखबर थियो ।
संसद् अधिवेशन अन्त्य गर्नेबारे संसद् र प्रधानमन्त्रीको सिफारिस आउनुपर्ने भए पनि त्यो प्राप्त भइनसकेको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौडेलले बताए । उनले भने, ‘अपर्झट भोलि नै सिफारिस आयो र अधिवेशन अन्त्य गर्नुपर्ने भयो भने त पत्र पठाइन्छ ।’
संसद्मा पेस भएको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेश स्विकृतिका लागि संसद्मा पेस हुँदै छ । दुवै अध्यादेश संसद्मा पेस भइसकेको छ । अध्यादेश पेस भएको दुई दिनसम्म सांसदले अस्वीकार गर्ने सूचना दर्ता गर्न सक्ने प्रावधान छ ।
सोहीबमोजिम चिकित्सा शिक्षा अध्यादेशमा नेमकिपाबाट निर्वाचित सांसद प्रेम सुवालले अस्वीकार गर्ने सूचना दर्ता गराएका छन् । प्राप्त अस्वीकार गर्ने सूचना प्रस्तुत गरेपछि विधेयकमा स्विकृति गर्न संसद्मा प्रक्रिया अघि बढ्नेछ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’