आउला त दसैँअघि नै मेलम्चीको पानी ?

उपत्यकावासीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी दसैँअघि पिउन पाउने भएका छन् । सुरुङ खन्ने काम वैशाख पहिलो हप्ताभित्र पूरा हुने र दसैँअघि पानी वितरण गरिने आयोजनाको
लक्ष्य छ ।

melamchi_ooAkAXsz7z

‘वैशाख पहिलो हप्ताभित्र सुरुङ खन्ने काम पूरा हुन्छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, ‘राजधानीवासीले दसैँअघि नै मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन् ।’ एक सय २१ मिटर सुरुङ खन्न बाँकी रहेको देवकोटाले बताए । ‘अहिले दैनिक ६ मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ,’ देवकोटाले नयाँ पत्रिकासँग भने, ‘यही गतिमा काम हुँदा २५ दिनसम्म सुरुङ खनिसक्छौँ ।’ मेलम्चीको दुवैतिरबाट सुरुङ खन्ने काम भइरहेको छ ।

खानेपानीमन्त्री विना मगरले मेलम्ची अयोजनाको काम छिटो सक्न निर्देशन दिइसकेकी छिन् । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दैनिक १७ करोड लिटर पानी उपत्यका भित्रिन्छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

प्लास्टर सुक्न चार महिना लाग्ने
सुरुङ खन्ने काम सकिएपछि दायाँ–बायाँ भित्ता र भुइँमा प्लास्टर गर्नुपर्ने हुन्छ । प्लास्टर सुक्न तीनदेखि चार महिना लाग्ने देवकोटाले बताए । ‘हामीले सुरुङ खन्ने काम सकेपछि भित्ता र भुइँमा प्लास्टर गर्ने काम सुरु गर्छौ,’ देवकोटाले भने, ‘त्यसपछि मेलम्चीको पानी सुन्दरीजलमा हरेक ट्यांकीमा जम्मा हुन्छ ।’ मेलम्ची खानेपानीका लागि जम्मा २७ दशमलव ५८४ किमि सुरुङ खन्नुपर्छ । त्यसमध्ये २७ दशमलव ७३३ किमि खनिसकिएको छ । आयोजनाको अध्ययन ०४१ देखि भए पनि सुरुङ खन्ने काम ०६५ देखि भएको हो । बहुप्रतिक्षित आयोजनाका लागि झन्डै २७ अर्ब खर्च भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’