आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भएको प्ले अफमा नेदरल्याण्डसले नेपाललाई जितका लागि १९० रनको लक्ष्य दिएको छ । नेदरल्याण्डसले दिएको १९० रनको मध्यम लक्ष्यसहित नेपालले केहि बेरमा जवाफी ब्याटिङ्ग थाल्ने छ ।

क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डसले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर १८९ रन बनाउन सक्यो । नेदरल्याण्डसको लागि बास डी लीडेले ३९ तथा म्याक्स ओ’ड्वोडले २८ रन जोडे । त्यस्तै स्कोट एडवार्ड्स र भान डर मेर्वीले समान २५ – २५ रन जोड्दा पिटर सिलार २३ रनमा आउट भए । नेदरल्याण्डसका शेन स्नाटर २३ रनमा अविजित रहे ।
नेदरल्याण्डसलाई मध्यम स्कोरमा रोक्न नेपालका सोमपाल कामीले ४ विकेट लिए । यस्तै सन्दिप लामिछाने र ललित नारायण राजवंशीले समान २ – २ विकेट लिदा शक्ति गौचनले १ विकेट लिए ।
सातौं स्थानको लागि जारी यो खेल दुवैको लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ । तर, दुवै टिम जित हात पार्दै सुखद अन्त्य गर्ने दाउमा छन् । यो प्रतियोगिताबाट नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिसद आईसिसीबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । जुन नेपालको २२ बर्षे क्रिकेट इतिहासमा सबैभन्दा ठुलो फड्को हो ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद