आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भएको प्ले अफमा नेदरल्याण्डसले नेपाललाई जितका लागि १९० रनको लक्ष्य दिएको छ । नेदरल्याण्डसले दिएको १९० रनको मध्यम लक्ष्यसहित नेपालले केहि बेरमा जवाफी ब्याटिङ्ग थाल्ने छ ।

क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डसले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर १८९ रन बनाउन सक्यो । नेदरल्याण्डसको लागि बास डी लीडेले ३९ तथा म्याक्स ओ’ड्वोडले २८ रन जोडे । त्यस्तै स्कोट एडवार्ड्स र भान डर मेर्वीले समान २५ – २५ रन जोड्दा पिटर सिलार २३ रनमा आउट भए । नेदरल्याण्डसका शेन स्नाटर २३ रनमा अविजित रहे ।
नेदरल्याण्डसलाई मध्यम स्कोरमा रोक्न नेपालका सोमपाल कामीले ४ विकेट लिए । यस्तै सन्दिप लामिछाने र ललित नारायण राजवंशीले समान २ – २ विकेट लिदा शक्ति गौचनले १ विकेट लिए ।
सातौं स्थानको लागि जारी यो खेल दुवैको लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ । तर, दुवै टिम जित हात पार्दै सुखद अन्त्य गर्ने दाउमा छन् । यो प्रतियोगिताबाट नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिसद आईसिसीबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । जुन नेपालको २२ बर्षे क्रिकेट इतिहासमा सबैभन्दा ठुलो फड्को हो ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि