कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीबाट असन्तुष्ट रहँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एउटै कित्तामा उभिने प्रयासमा छन् । देउवाको कार्यशैलीबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षसहित उनीहरू एउटै कित्तामा आउन लागेका हुन् ।

पौडेल र सिटौलालाई मिलाएर संस्थापनइतर समूह बलियो बनाउने अभियानमा चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेललगायत युवा नेता सक्रिय भएका छन्। आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।
महासमिति बैठकअघि नै यी दुई समूहलाई मिलाएर पार्टीमा नीति, कार्यक्रम र नेतृत्व परिवर्तनको मुद्दालाई प्रमुख एजेन्डा बनाउने तयारीमा संस्थापनइतर समूह लागेको छ। प्रतिनिधिसभा, प्रदेश र स्थानीय तहका तीनै निर्वाचनमा पार्टीले नराम्रो पराजय भोगेपछि पौडेल र सिटौला समूहका विचार मिल्न गएको हो।
केही दिनअघि संसदीय दलको नेताको निर्वाचनमा पनि यी दुई समूह एक ठाउँमा थिए। निर्वाचनअघिसम्म पौडेल र सिटौलाको सम्बन्धमा चिसोपना थियो। दुई वर्षसम्म निरन्तर देउवालाई साथ दिएका सिटौला निर्वाचनलगत्तै फरक कित्तामा उभिन पुगेका हुन्।
पार्टीको १२ औं महाधिवेशनदेखि नै सिटौला नेतृत्वमा तेस्रो समूहको जन्म भएको थियो। १२ औं महाधिवेशनमा सिटौलाले तेस्रो धारको नेतृत्व गर्दै सभापतिमा प्रतिस्पर्धा गरेका थिए। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पुर्याउन नसक्दा बढी मत ल्याउने देउवा र पौडेलबीच पार्टी सभापतिका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो। त्यतिबेला सिटौलाले देउवालाई सघाएका थिए। त्यहाँदेखि नै पौडेल र सिटौलाबीचको सम्बन्धमा दरार थियो।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’