विशाल मिलन केन्द्रले क्विक्स बास्केटबल लिगमा जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा विशालले बीएमसी साउथ साइडर्सलाई पराजित गरेको हो ।

विशाल नगरको घरेलु कोर्टमा भएको खेलमा घरेलु टोलीले साउथ साइडर्सलाई ७० – ६१ अंकले पराजित गरेको हो । विशालको जितमा विकास गुरुङले ३२ अंक जोडे । यो जितसँगै विशाल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
विशालले १० खेलबाट २४ अंक जोडेको छ । पराजित साउथ साइडर्सले १० खेलबाट ६ अंक जोडेको छ । लिगको शीर्ष स्थानमा आर्मी यथावत छ । आर्मीले लिगमा ९ खेलमा ९ जितसहित २७ अंक जोडेको छ ।
प्ले फर डीप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा होम एण्ड अवे लिगको आधारमा जारी प्रतियोगिताको बिजेताले २ लाख प्राप्त गर्ने छन्। त्यस्तै उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्र्वाधिक स्कोरकर्ता, डिफेन्स, इमर्जीङ प्लेयर र प्रशिक्षकले स्पोर्ट्स क्लोथिङ कम्पनीबाट १० हजार बराबरको गिफ्ट प्राप्त गर्ने छन् ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद