March 10, 2018

भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नुहोस्: गृहमन्त्री थापा

 

काठमाडौं फागुन २६


रामबहादुर थापा बादल

 
 

गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारीका भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नेगरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण इकाइ र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अधिकारीसँगको आजको छलफलमा गृहमन्त्री थापाले लागुऔषधको तस्करी नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

उनले भने,’लागुऔषध तस्करीको मुख्य नाइके देश विदेश जहाँ भए पनि पक्राउ पर्ने गरी काम गर्नुहोस् । राजनीतिक संरक्षण भए पनि तिनलाई नछाड्नुहोस्।’ उनले नेपालमा लागुऔषधको धन्दा गर्नेको सञ्जाल पत्ता लगाएर त्यसलाई तोड्ने गरी कार्ययोजना बनाएर ल्याउन मन्त्रालय र प्रहरीका अधिकारीलाई निर्देशन दिए।

लागुऔषधका कारण पारिवारिक सम्बन्ध बिग्रिरहेको तथा समाजलाई समेत दूषित बनाइरहेको उनको भनाइ छ। कार्यक्रममा गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेले नेपालमा करिब दुई लाख कडा लागुऔषधका प्रयोगकर्ता रहेको तथा बर्षेनी ११ प्रतिशतका दरले त्यसमा वृद्धि भइरहेको तथ्यांक प्रस्तुत गरे।रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन