फाल्गुन २५, काठमाडौं । मेयरमा निर्वाचित भएको १० महिनापछि गत सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य हातमा गैँटी बोकेर सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन पुगे ।सोमबार वडा नम्बर ३ स्थित होटल काठमाडौंले साढे ६ आना सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको एकतले भवन भत्काउन उनले सघाए ।मेयर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता लिन वडाध्यक्षलाई बोलाएरै निर्देशन दिएका थिए ।
यसपछि सुरु अभियानको प्रारम्भमै महानगरले करिब तीन करोड रुपैयाँ मूल्य पर्ने जग्गा फिर्ता पाएको छ।’सार्वजनिक जग्गा जनताको हितमा‘ नामक अभियान अन्तर्ग्गत यो कार्य सुरुु गरिएको हो ।
सो कार्यक्रममा मेयर शाक्यले भने, २०७२ सालको भूकम्पले हामीलाई ठूलो पाठ सिकाएको छ ।सहरी सुन्दरता कायम गर्न, हरियाली बचाउन र आपतविपतमा आश्रय लिन पनि खुला स्थानको संरक्षण गर्न जरुरी छ । र अब शहरको सबै मिचेर हराएका वा अलपत्र परेका सार्बजनिक जग्गाहरुको खोजी गरि उचित संरक्षण गर्ने बताए ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन