March 5, 2018

‘सपनामा चकलेट खाँदैमा मुख गुलियो हुँदैन’ : प्रधानमन्त्री ओली

 
 
 
 

काठमाडौं, फागुन २१ ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र माओवादी केन्द्रबीच अझै पनि फुट पार्न सकिन्छ कि भनेर केही शक्ति मुख मिठ्याएर बसेको बताएका छन् । कम्युनिष्टहरुलाई फुटाएर फेरि आफ्नो राज स्थापना गर्न सकिन्छ कि भनेर कसैले सोच्नु सपनामा चकलेट खाएजस्तो मात्र हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

पञ्चायती सरकारले ०२० साल फागुन २१ गते झापा र इलामको सीमानामा पर्ने सुखानीको जंगलमा हत्या गरेका कम्युनिष्ट योद्धाहरुको सम्मानमा आयोजित ४५ औं शहीद स्मृति दिवसका अवरमा सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने ‘सपनामा चकलेट खाएको देख्यो, व्युझिँदा मुख गुलियो हुँदैन ।’

उनले केही प्रतिक्रियावादीहरुले पार्टी एकताको विरोध गरिरहेको बताउँदै थपे,’ कम्युनिष्टलाई फुटाएर आफ्नो शासन चलाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यसको हविगत सपनाको चकलेट जस्तै हुन्छ ।’

‘केही प्रतिक्रियावादीहरु एमालेका नेता पार्टी एकता गर्न मानेका छैनन् भनेर कुप्रचार गर्दैछन् । तर, एमालेमा सबै अनुभवी र खारिएका नेता भएकोले त्यस्ता प्रचारको कुनै अर्थ छैन’उनले भने । प्रधानमन्त्रीले अगाडि भने, ‘एमाले त्यस्तो मुसा होइन जो प्रतिक्रियावादीले थापेको पासोमा फ्याट् परोस् ।’

वाम गठबन्धनको बहुमतको सरकार देखेर केही मानिसहरु आत्तिएको बताउदै प्रधानमन्त्री ओलीले यसलाई विभिन्न वहानामा कमजोर पार्ने कोशिसहरु असफल हुने बताए ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले पहिलो पार्टी, कम्युनिष्ट पार्टीको सरकार, कम्युनिष्ट पार्टीको प्रदेश र स्थानीय सरकार भन्ने बानी बसाउनुपर्ने बताए ।

सुखानीका शहीदहरुको बलिदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि शहीदहरुले देखाएको बाटोबाट आफू कहिल्यै विचलित नहुने प्रतिवद्धता जनाए ।

पञ्चायती शासकले हत्या गरेका सुखानी ५ जनाका साथै शहीद दुर्गानन्द झा, भीमदत्त पन्त लगायतलाई शहीद घोषणामा विगतका सरकारले कञ्जुस्याइँ गरेको ओलीले बताए । उनले भने, ‘दुईबर्ष अघि म प्रधानमन्त्री भएको बेला मात्र उहाँहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गरियो ।’

तत्कालीन शासकले पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन गरेको आरोपमा पक्राउ गरेका पाँच झापाली योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरेका थिए । एमालेले उनै योद्धाहरुको सम्झनामा प्रत्येक फागुन २१ गते शहीद स्मृति दिवस मनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद