धनगढी, फागुन २१ । टीकापुर घटनाका मुख्य आरोपी सांसद रेशम चौधरीसहित २४ जना आइतबारदेखि अनशन बसेका छन् । पुर्पक्षका लागि कैलाली कारागारमा राखिएका उनीहरु त्यहीँ अनशन बसेका हुन्, कान्तिपुरमा खबर छ ।
‘बन्दीहरूले आइतबार साँझ अनशन सुरु गरेका छन्,’ डीएसपी सागर बोहराले भने, ‘उनीहरू सबै जना टीकापुर काण्डका आरोपी हुन् ।’ उनीहरूले सांसद चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने, संसद्मा शपथ खान पाउनुपर्ने, टीकापुर घटनाका आरोपी मानिएका २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पूरा गर्नुपर्ने माग राखेको डीएसपी बोहराले जानकारी दिए ।
घटना लगत्तैदेखि फरार भनिएका चौधरीले गत फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । गत प्रतिनिधिसभा चुनावमा उनी कैलाली क्षेत्र १ बाट प्रतिद्वन्द्वीभन्दा तेब्बर बढी मतले विजयी भएका थिए ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन