March 2, 2018

सरकारी कार्यलयको बेतिथि – पोशाक लाउँदैनन् कर्मचारी

आफुलाई अनुकुल पर्ने खालको पोशक लगाएर मात्रै कर्मचारी कार्यालयमा आउने गरेका छन । सरकारले दिएको रकमवाट सेतो सर्ट, निलो पेन्ट र कालो जुत्ता लगाउनुपर्ने हुन्छ । तर् कर्मचारीहरु भने सो नियमको खिल्ली उडाउँदै आफुखुसी पोशाकमा कार्यलय आउने गरेका छन । समयमा काम समेत नहुने गरेको सेवाग्राहीको दुखेसो समेत रहेको छ । १० बजे नै कर्मचारी आउनु पर्ने भएपनि सो समयमा उनीहरु कहिल्यै कार्यालयमा आउँदैनन । 


कर्मचारीहरु आफुलाई सहज हुने समयमा मात्रै कार्यलय आउने गरेका छन । बिहिबार १०ः३० बजे मालपोत कार्यालय बेलबारीमा पुग्दा कार्यालयका अधिकाश कर्मचारीहरु त्यहाँ थिएनन । कार्यालय प्रमुखसमेत आईपुगेका थिएनन् भने केहि कर्मचारी कार्यालय पोशाकमा थिएनन । कार्यालय प्रमुख योगेन्द्र प्रसाद दुलाल सँग टेलिफोनमा सम्पर्क गर्दा आफनो घरमा पुराण लागिरहेको र २ बजे पछि मात्रै कार्यालयमा आउने बताए । 
उनले २ बजे पछि मात्रै आफुलाई भेटन आग्रह गरे । नजिकै रहेको नापी कार्यालयमा पुग्दा केही कर्मचारीहरु वाहेकका कर्मचारीहरु भने पोशाकमै थिए । कार्यालयमा प्रबेश गर्दा नै निमित्त कार्यालय पमुख नेत्र वहादुर कार्की भने हस्याङफस्याङ गर्दै काम गरी रहेका थिए । केहि कर्मचारी भने कार्यलयमा आएकै थिएनन । सवै कर्मचारी किन समयमै नआएका भनेर निभित्त कार्याल प्रमुख कार्कीलाई सोध्दा उनले भने केहि कर्मचारीहरु फिल्डमा गएको जवाफ दिए । 


देश संघियतामा गईसकेको अबस्थामा स्थानिय, प्रादेशिक तथा केन्द्रिय सरकार कस्ले हेर्ने भन्ने टुंगो नलाग्दा समेत समस्या हुने गरेको छ । नापी,मालपोत लगायतका कार्यालयहरु केन्द्रिय सरकारले हेर्छ । केन्द्रिय सरकारले हेर्ने कार्यालयहरु तथा कर्मचारीहरुलाई स्थानिय सरकारले चासो नदिँदा समेत राज्यको कोषको दुरुपयोग हुने गरेको छ । यता बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले भने कर्मचारीहरुले पोशाक नलगाउने गरेको स्विकार गरेकी छिन । उनले पोशाक नलगाउने कर्मचारीहरुलाई कारबाही गर्ने समेत बताएकी छिन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन