बुद्ध नेपालमा जन्मिएकाे सन्देश दिन टुँडिखेलमा ७५ हजारकाे भेला

buddha-meditation-lotus-flower-burning-candles-43228400

 काठमाडौँ, फागुन १६ । आगामी शनिबार टुँडिखेलमा करिब ७५ हजारले एकै पटक भगवान गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भनेर वाचन गर्ने भएका छन् ।
विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा सर्वसाधारणसहित ७५ हजार जनाले एकै पटक बुद्ध नेपाल जन्मेका हुन् भनेर वाचन गर्ने परिषद्का वरिष्ठ उपाध्यक्ष अक्कलबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वसामु चिनाउनका लागि एकै पटक यति धेरै मानिसको सहभागिता गराएर वाचन गर्न लागिएको हो । बिहान ११ बजेबाट २ बजेम्म सर्वसाधारण टुँडिखेलमा पसिसकेपछि मात्र वाचन गरिने छ । करिब १० मिनेट सबैले वाचन गरी गिनिज बुकका कीर्तिमान कायम गर्न र अरुले बुद्ध नेपालमा नजन्मेको भन्दै फैलाइरहेको भ्रमलाई हटाउन कार्यक्रम आयोजना गरिएको उनले बताए ।

‘भगवान् बुद्धको जन्मस्थल र बुद्धिजमको उद्गमस्थल नेपालको लुम्बिनी हो’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा बुद्धको जन्मथलो नेपाल हो भन्नेसहित बुद्धको उपदेश, प्रवचन, धम्मपदको सारगर्भित अंशसमेत वाचन गरिने छ ।

पत्रकार सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष संर्घष विष्टले कार्यक्रममा अहिलेसम्म ७५ हजार पास वितरण गरिसकेको जानकारी गराए । पास देखाइसकेपछि मात्र कार्यक्रममा प्रवेशको व्यवस्था मिलाइएको छ ।

सो दिन पनि करिब १५ हजार पास टुँडिखेलको मूलगेटमा वितरण गर्ने योजना रहेको छ । चारवटा गेट र ४० वटा सहायक गेटबाट प्रवेशको व्यवस्था मिलाइएको छ । कार्यक्रममा तीन हजार स्वयंसेवक र एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने छ भने राष्ट्रिय कलाकारले सांगीतिक कार्यक्रम समेत प्रस्तुत गर्नेछन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन