काठमाडौं, फागुन १४ । नेपाल तरुण दलले डा. युवराज खतिवडा अर्थमन्त्री भएकोमा आपत्ति जनाएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले सर्वोच्चले शपथ नगराउन भनेका व्यक्ति कसरी अर्थमन्त्री नियुक्त गरिए भन्दै प्रश्न सोधेको छ ।
तरुण दलले सोमबार विज्ञप्ति निकालेर सर्वोच्च अदालतले शपथ नगराउन आदेश दिएको ब्यक्तिलाइ नै अर्थमन्त्री बनाएर वाम गठबन्धनले लोकतान्त्रिक मुल्य मान्यताको उपहास गरेको आरोप लगाएको छ ।

सांसद नै नभएको व्यक्तिलाई मन्त्री बनाएर गठबन्धनले जनमतको उपहास र लोकतन्त्रकै उपहास गरेको पनि तरुण दलको दावी छ । तरुण दलले सरकारको यस्तो अलोकतान्त्रिक र अनैतिक निर्णयको भत्र्सना गर्दै सत्ताको मातमा नभुली संविधानको पालना, लोकतान्त्रिक विधि र प्रक्रिया तथा नैतिक मुल्यलाई ख्याल गरेर मात्रै काम गर्न सचेत पनि गराएको छ ।
तर संविधानमा संसद सदस्य नभएको व्यक्तिलाई पनि प्रधानमन्त्रीले मन्त्री बनाउन सक्ने तर त्यस्तोे व्यक्ति मन्त्री भएको ६ महिनाभित्र संघीय संसदको सदस्य हुनु पर्ने व्यवस्था छ । सर्वोच्चले खतिवडालाई राष्ट्रियसभाको सदस्य बन्न रोक लगाएमा पनि खतिवडाले संविधान अनुसार ६ महिना मन्त्री बन्न पाउनेछन् ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र