February 26, 2018

उपप्रधानमन्त्री राख्दिनँ   भन्दै अाेलीले धुर्मुसको कथा सुनाएपछी……

KP-Sharma-Oli

फाल्गुन १४, काठमाँडाैं । प्रधानमन्त्री केपी शर्मा ओली यसपटक एक जनापनि उपप्रधानमन्त्री नबनाउने निर्णयमा कसरी पुगे?आफ्नो जन्म दिन पारेर बालुवाटारमा आयोजित एमाले स्थायी समितिको बैठकमा ओलीले उपप्रधानमन्त्रीको प्रसंग आउनासाथ आफुलाई कलाकार सीताराम कट्टेल (धुर्मुस) को सम्झना आउने भन्दै उपप्रधानमन्त्री नबनाउने निर्णय सुनाए।स्थायी समितिमा एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि प्रधानमन्त्री भएको बेला एउटा कार्यक्रममा धुर्मुसले गरेको क्यारिकेचर सम्झिँदै ब्रिफिङ गरेछन्।

कार्यक्रममा धुर्मुस बायाँ हातमा कोट बोकेर मञ्चमा उक्लिन्छन्।

अर्को पात्रले नेवारी लवजमा सोधेछन्, ‘कता जान लागेको?’

धुर्मुसले भनेछन्, ‘सिंहदबारमा जान लागेको।’

‘कोट किन बोकेको नि?’

‘ज्वाइँ (ओली नेवारका ज्वाइँ हुन्) प्रधानमन्त्री भएका छन्, फ्याट्ट उपप्रधानमन्त्री बनाइदिन्छन् कि भनेर कोट बोकिराखेको।’

यो ब्रिफिङसँगै ओलीले बैठकमा यसपटक किन उपप्रधानमन्त्री नराख्न लागेको भनेर थप ब्रिफिङ गरे। स्थायी समितिका एक सदस्यका अनुसार अघिल्लो पटक ठूला नेता भएका साना पार्टीलाई पनि सरकारमा लिनुपरेको कारणले उपप्रधानमन्त्री राख्नु परे पनि यसपटक एउटै पार्टीको सरकार बन्ने भएका कारण त्यो समस्या नरहेको विश्लेषण ओलीले सुनाए।

‘चित्रबहादुर केसी, सीपी मैनाली जस्ता नेतालाई सरकारमा ल्याउँदा मन्त्री, राज्यमन्त्री दिएर भएन, उपप्रधानमन्त्री दिइयो’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै स्थायी समितिका एक सदस्यले भने, ‘यसपटक त्यस्तो अवस्था छैन।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेर उपप्रधानमन्त्री नराख्ने निष्कर्षमा पुगेको ओलीले बैठकमा सुनाएका थिए।

प्रधानमन्त्री ओलीले धुर्मुसको नक्कल गर्दै नेवारी लवजमा कथा सुनाउँदा बैठकका सहभागीबीच हाँसो छुटेपनि उपप्रधानमन्त्रीका आकांक्षी ईश्वर पोखरेललाई भने अप्ठेरो परेको छ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा १३ दिन उपप्रधानमन्त्री भएका पोखरेल यसपटक पनि उपप्रधानमन्त्री बन्न चाहन्छन्। तर प्रधानमन्त्री ओलीले नै उपप्रधानमन्त्री राख्दिन भनेपछि प्रतिवाद गर्ने अवस्था नभएपनि उनी अप्ठेरोमा परेका छन्।

पोखरेलका समर्थकहरूले उपप्रधानमन्त्री भइसकेको व्यक्ति बद्री मण्डलकै तहमा झरेर मन्त्रीमा नजान सुझाव दिइरहेका छन् भने आफुले चाहेको अर्थ मन्त्रालय नपाए उनी सरकारमै नजाने सम्भावना पनि छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने