February 21, 2018

एक बर्ष पछि काठमाडौंमा मास्क लगाउनु पर्दैन :मन्त्री पण्डित

 


 लालबाबु पण्डित

लालबाबु पण्डित
 

फाल्गुन ९, काठमाडौं । वायु प्रदूषण र यसबाट सिर्जित समस्याको समाधानका लागि तत्काल ठोस कदम चाल्न तथा विकास र वातावरणलाई सँगसँगै लैजान सरकारसँग माग गरिएको छ।स्वच्छ ऊर्जा नेपालको एक प्रतिनिधिमण्डलले आज जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितसमक्ष अपिलपत्र बुझाउँदै काठमाडौँलाई मास्कमुक्त बनाउने प्रतिबद्धताको कार्यान्वयन गर्न आग्रह गरेको हो।

अपिलपत्रमा सडक निर्माण विस्तारलाई व्यवस्थित नगरिनु, सडक व्यवस्थापनको सट्टा विस्तारमा मात्र जोड दिनु र वातावरणमैत्री सवारीसाधनलाई निरुत्साहित गरिनुले काठमाडौँलगायत शहरी क्षेत्रको वातावरणीय प्रदूषणको समस्या विकराल बन्दै गएको उल्लेख छ। सो अवसरमा मन्त्री पण्डितले विद्युतीय सवारीकोे प्रोत्साहन गर्न र प्लाष्टिकजन्य पदार्थको उत्पादन तथा आयातलाई प्रतिबन्ध लगाउँदै प्रयोगलाई निरुत्साहित गर्न आफूले पहल गर्ने बताए।

उनले सबैको साथ र सहयोग रहेमा एक वर्षभित्र राजधानीलाई मास्कमुक्त गराउने प्रतिबद्धता जनाए। स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भरत बस्नेतले रासायनिक पदार्थको प्रयोगलाई नियन्त्रण गर्न, प्लाष्टिकको प्रयोग बन्द गर्न तथा विद्युतीय सवारीलाई प्राथमिकता दिन सकिएमा राजधानीलाई स्वच्छ र स्वास्थ बनाउन सकिने धारणा राखे। 

सोही संस्थाका कार्यक्रम व्यवस्थापक राजन थापाले राजधानीको वायु प्रदूषणको समस्याप्रति नीतिनिर्माता तथा सर्वसाधारणलाई सचेत एवं जागरुक गराउन मास्कमाडौं–३ अभियान शुरु गरिएको जानकारी दिँदै मन्त्रालयसँग सहकार्य गरी वातावरण संरक्षणमा काम गर्न तयार रहेको बताए।रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ