प्रधानमन्त्री कप भलिबलको फाइनलमा न्यु डायमण्ड र एपीएफ भिड्ने

पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा शिवम् न्युडायमण्ड एकेडेमी र सशत्र प्रहरीको एपीएफ क्लब भिड्ने भएका छन् । फाइनल खेल सोमबार हुनेछ ।नेपालगन्ज कभर्ड हलमा आइतबार भएको सेमिफाईनलमा शिवम् न्युडायमण्डले बंगलादेशको इफाट ग्रुपलाई ३ –० को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।15490916853न्युडायमण्डले बंगलादेशको इफाटमाथि २५–६, २५–६ र २५–८ को सहज जित निकाल्यो । न्युडायमण्डको जितमा ओपन स्पाइकर मञ्जु गुरुङ वुमन अफ द म्याचबाट पुरस्कृत भइन् ।यस्तै अर्को सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्युडायमण्डसँग उपाधि भिड्न्त पक्का गर्यो ।

सरस्वती चौधरी वुमन अफ द म्याच भएको खेलमा एपीएफले पुलिसलाई २५–९, २५–१९, २५–२१ को सेटमा हरायो ।बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको बिजेताले २ लाख, उपबिजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि