प्रधानमन्त्री कप भलिबलको फाइनलमा न्यु डायमण्ड र एपीएफ भिड्ने

पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा शिवम् न्युडायमण्ड एकेडेमी र सशत्र प्रहरीको एपीएफ क्लब भिड्ने भएका छन् । फाइनल खेल सोमबार हुनेछ ।नेपालगन्ज कभर्ड हलमा आइतबार भएको सेमिफाईनलमा शिवम् न्युडायमण्डले बंगलादेशको इफाट ग्रुपलाई ३ –० को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।15490916853न्युडायमण्डले बंगलादेशको इफाटमाथि २५–६, २५–६ र २५–८ को सहज जित निकाल्यो । न्युडायमण्डको जितमा ओपन स्पाइकर मञ्जु गुरुङ वुमन अफ द म्याचबाट पुरस्कृत भइन् ।यस्तै अर्को सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्युडायमण्डसँग उपाधि भिड्न्त पक्का गर्यो ।

सरस्वती चौधरी वुमन अफ द म्याच भएको खेलमा एपीएफले पुलिसलाई २५–९, २५–१९, २५–२१ को सेटमा हरायो ।बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको बिजेताले २ लाख, उपबिजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद