मलेसियामा दुई महिनामा ५४ नेपालीको मृत्यु

वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा २२-४० वर्ष उमेर समूहका युवा छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।Malaysia_AWJxxtJcCaक्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार जनवरीमा ३३ जना र फेब्रुअरीमा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै सुतिरहेकै बेला श्वासप्रश्वास बन्द हुनेको संख्या छ। सन् २०१८ को जनवरीमा भने सबैभन्दा धेरै करेन्ट लागेर, जलेर, ढलमा खसेर र कुटपिटमा परेर मर्नेको संख्या २१ छ। सात जनाले आत्महत्यामा ज्यान फालेका छन् भने सडक दुर्घटनामा परेर तीन र सुतेकै ठाउँमा श्वासप्रश्वास बन्द भएर मर्नेको संख्या दुई जना छ।

यसैगरी, फेब्रुअरीमा सबैभन्दा धेरै अन्य शीर्षकमा मर्नेको संख्या १३ जना छ। श्वासप्रश्वास बन्द भएर, टीबी, निमोनियालगायत रोगका कारण पाँच जनाको ज्यान गएको छ। उद्योगमा काम गर्दा घाइते भएर दुई जनाको मृत्यु भएको दूतावासको तथ्यांक छ। सन् २०१७ मा तीन सय ५१ पुरुष र तीन महिलाको मृत्यु भएको थियो।

सोही वर्ष करेन्ट लागेर, जलेर, ढलमा खसेर, कुटपिटमा परेर मर्नेको संख्या एक सय ८९ रहेको दूतावासको तथ्यांक छ। आत्महत्या गरेर मर्नेको संख्या ६४ र श्वासप्रश्वास बन्द भएर मृत्यु हुनेको संख्या ६१ थियो। दुर्घटनामा परेर सन् २०१७ मा २६ जनाको मृत्यु भएको थियो।

यसैगरी, सन् २०१६ मा तीन सय ९२ जना नेपाली मजदुरको मृत्यु भएको छ। पुरुष तीन सय ८४ र महिला आठ जनाको मृत्यु भएको हो। यस वर्ष सबैभन्दा धेरै अन्य शीर्षकमा दुई सय १९ जनाको मृत्यु भएको छ। यसैगरी, श्वासप्रश्वासका कारण ५९, सडक दुर्घटनामा ५४, आत्महत्यामा ४९ र सडक दुर्घटनामा ११ जना नेपालीको मृत्यु भएको दूतावासको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’