आइसिसि एकदिवसीय विश्वकप क्रिकेटः नेपाल कठिन समूहमा

 फागुन ४, काठमाडाैं । आइसिसि एकदिवसीय विश्वककप क्रिकेटको छनोटमा पुगेको नेपालले समूह चरणमा कठिन समुहमा पुगेको छ । नेपालले अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्डसँग खेल्नुपर्ने भएको छ ।बिहिबार भएको आइसिसि विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता भएको नेपालले आगामी महिना जिम्बावेमा हुने एकदिवशिय विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत समूहगत चरणको खेलमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्डसँग खेल्ने पक्का भएको हो।
नेपालले आफ्नो पहिलो खेल मार्च ४ मा जिम्बावेसँग खेल्ने छ। ८ मार्चमा स्कटल्यान्डसँग, १० मार्चमा अफगानिस्तानसँग र १२ मार्चमा हङकङसँग खेल्ने छ। लिग विजेता युएईले भने, समूह ए मा वेस्ट इन्डिज,आयरल्यान्ड, पपुआन्युगिनी र नेदरल्यान्डससँग खेल्नेछ।सहभागी हुने १० वटा टिमलाई २ समूहमा विभाजन गरिएको छ। समूह चरणमा सबै टिमले एकअर्कासँग १/१ खेल खेल्नेछन् जसपछि दुवै समूहबाट उत्कृष्ट–३ हुने टिम (सुपर सिक्स) चरण खेल्न छनोट हुनेछन् ।सुपर सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ (समुह चरणमा भेट नभएका टिमसँग मात्र)। समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ (समूह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसँगको अंक बाहेक)।सन् २०१७ सेप्टेम्बर ३० सम्म आईसीसी एकदिवसीय वरियतामा इंग्ल्याण्ड बाहेक उत्कृष्ट ७ टिम स्वतः छनोट हुने आईसीसीको ब्यवस्था अनुसार इंग्ल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र श्रीलंका बिश्वकप खेल्न छनोट भइसकेका छन्।वरियतामा उत्कृस्ट ७ भित्र पर्न नसकेपछि यो पटक वेस्ट इन्डिज तथा जिम्बाबे जस्ता टेस्ट राष्ट्रले पनि विश्वकप छनोट खेल्दैछन्। त्यसबाहेक नयाँ टेस्ट रास्ट्र अफगानिस्तान, आयरल्याण्डलगायत विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट ४ भित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्युगिनी विश्वकप छनोट खेल्नेछन्।समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन्। प्रतियोगितामा सहभागी हुने ६ एसोसिएट टोलीमध्ये नेदरल्यान्ड्ससहित चार टोली चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन्। छनोटबाट उत्कृष्ठ हुने २ टिम २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय विश्वकपमा खेल्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’