नवलपरासी, २७ माघ । घरमा कामको चटारो थियो । बिहेका लागि सरसामान जोरजाम पारिँदै थियो ।
अघिल्लो दिन अकस्मात बेहुला हराए । खोजी गर्दा कतै भेटिएनन् । बाध्य भएर आफन्त र स्थानीय बासिन्दा प्रहरी कार्यालय पुगे ।
खोजीका लागि निवेदन दिएकै ६ दिन बितिसक्यो । अहिलेसम्म अवस्था पत्ता नलाग्दा उनीहरुले बाध्य भएर शुक्रबार प्रशासन कार्यालय नै घेराउ गरे ।
सोमबार विवाहको लगन जुराइएको थियो । गौंडाकोट १४ का २९ बर्षीय बालकृष्ण खरेल अघिल्लो बेलुकासम्म परिवारका सदस्यसँग हाँसीखुसी व्यवहार गरिरहेका थिए ।
तर, मध्यरातदेखि उनी बेपत्ता भए । घर नजिककी युवतीसँग विवाह छिनिएको थियो, उनको ।
दुवै परिवारले सबै तयारी पूरा गरिसकेका थिए । बेहुला एकाएक बेपत्ता भएपछि दुवै पक्ष चिन्तित छन् ।
‘बिहेको अघिल्लो दिन राति १२ बजेसम्म घरमै गफ गरेर बसेका थियौ, पछि सुत्न गयौं बिहान हेर्दा भाइ कोठामा थिएन’, दाजु गणेशले भने । कान्तिपुरदैनिकमा खबर छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’