February 1, 2018

दरबारमार्ग घटनामा उच्च नेतृत्वको पनि कमजोरी : आईजिपी

 

 माघ १८ 

Nepal Live

काठमाडौं– दरबारमार्गमा केही दिनअघि भएको बलात्कार काण्डलाई लिएर प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ’सुन्दर भवनमा असुन्दर काम भएको’ बताएका छन्।

दरबारमार्गमा निर्माण भएको नेपाल प्रहरीको नयाँ वृत्त भवनको आज उद्घाटन गर्दै आइजिपी अर्यालले घटनामा जोडिएका कोही पनि उम्कन नपाउने बताए। 

‘यो सुन्दर भवनमा असुन्दर काम भएको सूचना हामीले पाएका छौं, यो यदी कसुर प्रमाणित भएमा उनीहरु कानुनी सजायको भागीदार हुनेछन्,’ उनले भने,‘महिला अस्मिताको विषय कतै मिलापत्रको विषय हुँनुहुँदैन। यसघटनामा संलग्न हुनसक्ने कुनै प्रहरी अधिकृत निलम्बित भइसकेको, अन्य निलम्बित हुने क्रममा छन्। कसुर ठहरिएमा कडा भन्दा कडा कारबाहीको भागिदार हुनेछन्।’
कुनै अमुक व्यक्तिको लापरबाही र असावधानीका वा गैरव्यवसायिक हर्कत हुनसक्ने प्रतिकुल परिस्थिती क्षणिक  हुनुपर्ने र यस घटनाबाट सबै प्रहरीले पाठ  सिक्नुपर्ने अर्यालको भनाई छ। 

उनले उपत्यकाकमा माथिल्लो निकायका प्रहरीको पनि कमजोरी रहेको भन्दै सर्तक रहन निर्देशन दिए। ‘यस युनिटको सुपरभिजन गर्ने माथिका यूनिटहरु पनि यस्ता किमिसका गतिविधिहरुप्रति आफु जिम्मेवार  रहनुपर्छ,’ उनले भने,‘अन्यथा सुपरभिजनको पनि कुनै महत्व हुँदैन।  सुपरभिजनमा रहेका सबै निकायका प्रहरीलाई म निर्देशन के दिन चाहन्छु भने आफु अन्र्तगतका हरेक प्रहरीको गतिविधि अनुगमन गर्ने, करेक्सन गर्ने र आपश्यक पर्दा सहयोग गर्ने र खराब कुरामा कारबाही गर्ने भूमिका खेल्नुपर्छ।’ 

गत बिहीबार दरबारमार्ग्स्थित ल्यान्डमार्क होटलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। घटना लुकाएर मिल्न दबाब दिएपछि त्यहाँका डिएसपी र इन्सपेक्टर अनुसन्धानमा तानिएका थिए।

अनुसन्धानमा चलखेल गरेको आरोप लागेका महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारती महानगरीय परिसर टेकुमा तानिएका छन्। इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीमाथि पनि छानबिन भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन