January 28, 2018

२ करोड घुस खाएर गच्छदारले गरे सचिवको सरुवा

माघ १४, काठमाडाैं । सत्ताको चरम दुरूपयोग गर्न माहिर विजयकुमार गच्छदारले २ करोड खाएर पर्यटन मन्त्रालयका सचिवलार्इ सरूवा गरेको खुल्न आएको छ । फोरम लोकतान्त्रिक त्यागेर पुरानै पार्टी (नेपाली कांग्रेस) मा प्रवेश गरेर प्रतिनिधीसभा निर्वाचनमा धाँधली गरेर जित हासिल गरेका गच्छदारको सेटिङमा पर्यटनमन्त्री जितेन्द्र देवले तीन महिना नपुग्दै सचिवको सरुवा गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकले महेश्वर न्यौपानेलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छ । उक्त निर्णय गच्छदारको दवावमा गरिएको स्रोतको दावि छ। पर्यटन मन्त्रालयमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटालाई ल्याइएको छ ।

कात्तिक ७ गतेको मन्त्रिपरिषद् बैठकबाट पर्यटनमा सरुवा भएका न्यौपाने मन्त्रीले दिएको दबाब नमान्दा सरुवामा परेका हुन् । स्रोतका अनुसार मन्त्री देवले नागरिक उड्ययन प्राधिकरण ९क्यान० मन्त्रालयका महानिर्देशक ९डिजी०फेर्न चाहेका थिए । देवलाई उपप्रधानमन्त्री बिजय गच्छदारले क्यानको डिजी फेर्न दबाब दिँदै आएका थिए ।

गच्छदारको स्वार्थ बमोजिम काम नगर्दा क्यानका डिजी संजिव गौतम मन्त्री देवको निशानामा परेका थिए । गच्छदारका छोरा सुवास गच्छदारलगायतले गत असोजबाट गौतमलाई हटाउने प्रयास गर्दै आएका छन् ।

मन्त्री निकट स्रोतले सचिवकै असहयोगले क्यानको डिजी परिवर्तन गर्न नसकिएको बताएको थियो। गच्छदारले देव मार्फत निर्वाचन भन्दा अगाडि नै क्यानको डिजी फेर्न प्रयास गरेका थिए तर, निर्वाचन आयोगको असहमति पछि उनीहरुको प्रयास सफल भएको थिएन ।

अहिले आचारसंहिता नलागेको भन्दै मन्त्रीले लामो समय देखि न्यौपानेलाई डिजी फेर्न प्रस्ताव तयार पार्न दवाब दिदैं आएका थिए। तर मन्त्रीले भने बमोजिम नगर्दा न्यौपाने सार्वजनिक खरिद तथा अनुगमन कार्यालयमा थन्किएका हुन् ।

स्रोतका अनुसार शुक्रबार बेलुका सम्म पनि देवकोटा पर्यटनमा जान राजी थिएनन् । आयल निगमका महाप्रबन्धक गोपाल खड्कालाई कारवाही सिफारिस गरे पछि देवकोटा आपूर्ति मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका थिए ।

श्रोतका अनुसार सुनसरी घर भएका सह सचिब आचार्यलाई गौतमको ठाउमा सरुवा गराउने शर्तमा गच्छेदारले २ करोड लिएका छन् । सुरेश आचार्यले डिजी बन्नका लागि कांग्रेस नेतृ आरजु राणालाई पाँच करोड दिइसकेको बताइएको छ । तर आचार्य लाई डिजी बनाइएन । त्यसैले पाँच करोड बुझाइसकेका आचार्य अहिले आरजु र गच्छादारकोमा धाइरहेका छन् ।

राष्ट्रियसभा चुनावका लागि आचारसंहिता लागु भइसकेकाले आफूले डिजी बन्नका लागि दिएको पाँच करोड डुब्ने चिन्तामा आचार्य छन् । पाँच करोडमध्ये आरजुले एक करोड, गच्छादार र देवले २–२ करोड लिने गरी गच्छादारले नै मध्यस्थता गरेको बताइएको छ ।

प्रतिनिधी सभा निर्वाचनमा निर्वाचन अधिकारी र प्रहरी प्रशासनलार्इ नै प्रभावमा पारेर फर्जी मतका आधारमा चुनाब जितेको भन्दै प्रतिष्पर्धि उम्मेद्वार नेकपा एमालेकी भगवती चौधरीले सर्वोच्च अदालतमा पुनः मतगणनाको माग गर्दै मुद्दा दायर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको