बजेट अभावमा आधा दर्जन सडकको निर्माण ठप्प

narayanghat-muglin-road-construction-5584269कपिलवस्तु । बजेट अभावका कारण यहाँका आधा दर्जन सडक निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेका छन् । डिभिजन सडक कार्यालय कपिलवस्तुले गत आवमा जिल्लामा क्षेत्रीय तथा पर्यटकीय महत्वका छ वटा सडकलाई कालोपत्रे तथा विस्तार गर्ने ठेक्का लगाएको थियो । बहुवर्षे सडकअन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महत्वका यहाँका छ वटा मुख्य सडकको निर्माण कार्य यति बेला बजेट अभावका कारण ठप्प हुने अवस्थामा छन् । 

जिल्लाको कोइली–कोपवा–तिलौराकोट, सुठौली–बैदौली–पटना, पकडी–जयनगर, बरोहिया–पचेहरा, चाकरचौडा–गौरा–सिसहनिया र पिपरा–पकडी सडक निर्माणबीचमै रोकिने भएको हो । बहुवर्षीय ठेक्कामार्फत निर्माणाधीन अवस्थामा रहेका ती सडकमा अर्थ मन्त्रालयले थप बजेट नदिएपछि कामबीचमै रोकिने सम्भावना बढेको डिभिजन सडक कार्यालय शिवपुरले जनाएको छ । 

डिभिजन सडक कार्यालय शिवपुरले गत आवमा ठेक्का सम्झौता गरी अहिलेसम्म सबै सडकमा काम भइरहेको भए पनि मन्त्रालयबाट समयमै थप बजेट नआउँदा चालू आवमा कामको भुक्तानी दिनसमेत समस्या भएको डिभिजन प्रमुख रमेश पौडेलले जानकारी दिए ।  

उनले भने, “तीन वर्षको ठेक्का सम्झौता भएको छ, पहिलो चरणको भुक्तानी दियौँ, अब बजेट नै छैन कसरी काम अघि बढाउने” । 

अर्थ मन्त्रालयले आव ०७३/७४ मा २१ वटा सडक स्तरोन्नति तथा निर्माण गर्न रु आठ लाखका दरले बजेट दिएको थियो । जसमध्ये छ वटा सडकलाई बहुवर्षीय आयोजनामार्फत ठेक्का लगाउन अर्थले सहमति दिएको थियो । 

सोहीअनुसार ठेक्का लगाई गत आव ०७३/७४ को रकम निकासा गरेको अर्थले यस आव ०७४/७५ मा भने बजेट नै नछुट्याएपछि सडक निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेको हो । 

कार्यालयका अनुसार पूर्व–पश्चिम राजमार्गदेखि प्राचीन तिलौराकोट दरबार जोड्ने कोइली–कोपवा–तिलौराकोटको आठ किलोमिटर सडक निर्माण द्रुत गतिमा भइरहेको छ । सात मिटर चौडा कालोपत्रे सडक निर्माणका लागि रु १५ करोडमा अर्घाखाँची निर्माण सेवालाई ठेक्का दिइएको छ । 

तर ठेकेदार कम्पनीले २५ प्रतिशतभन्दा बढीको काम गरिसकेको कार्यालयले जनाएको छ । आव २०७४ ठेकेदार सागर भुसालले अहिलेसम्म रु चार करोडभन्दा बढीको काम गरिसके पनि भुक्तानी नपाएको गुनासो गरे । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित