January 25, 2018

अब नयाँवानेश्वर क्षेत्रमा ‘फ्रि वाई–फाई’, एकैपटकमा ५ सयले चलाउन सकिने !

माघ ११

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १० को नयाँ वानेश्वर क्षेत्रमा ‘फ्रि वाई–फाई’ को व्यवस्था गरेको छ । नयाँ वानेश्वर क्षेत्रका ४ स्थानमा बुधबारदेखि ‘फ्रि वाई–फाई’ को व्यवस्था गरेको महानगरपालिकाले जनाएको छ ।

त्यसको सुरक्षा तथा निगरानीका लागि १६ वटा सीसीटीभी पनि जडान गरिएको महानगरपालिकाले जानकारी दिएको छ । नयाँ वानेश्वरमा रहेको वानेश्वर पार्क, सानो गौचरन, थापागाउँ चोक र वुद्धनगर सेतो गणेश मन्दिर ‘फ्रि वाई–फाई’ क्षेत्र बनेको छ ।

“सहरलाई समृद्ध बनाउनु त छँदैछ, यसबाहेक अव सुरक्षित र व्यवस्थित बनाउने कामलाई प्राथमिकतामा राखेर यो कामको सुरुवात गरेका हौं,” काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले भने ।

वडा नंं १० का वडाध्यक्ष रामकुमार केसीले वडास्तरमा देखिने किसिमका कामका योजना स्वीकृत गराउन सिंहदरबार नै पुग्नुपर्ने भएका कारण वडाबासीको चाहनाअनुसारको विकास गर्न नसकिएको स्वीकार गर्दै सुधारका काम भने यसैगरी गर्दै अघि बढ्ने बताए । जडान भएका सीसीटीभीले वाईफाईका लागि राखिएको सामग्री सहित अन्य सामग्रीको पनि सुरक्षा होस् भन्ने उद्देश्य रहेको महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले बताए ।

कनेक्ट गर्ने कसरी ?  
 

निः शुल्क ‘वाई–फाई’ जडान भएका स्थानमा पुग्ने सर्वसाधारणले आफ्नो स्मार्ट मोवाइल खोलेर सिधै कनेक्ट गर्न सक्नेछन् । १ घण्टापछि भने सेवा निरन्तर गर्न अपडेट गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।

एक ठाउँबाट १ पटकमा ५ सय व्यक्तिले एकैपटक चलाउन सक्नेछन् । करिब १४ लाख रुपैयाँ लागत अनुमानमा थालिएको प्रविधि जडानले वडालाई स्मार्ट र सुरक्षित वडाका रुपमा विस्तार गर्ने आधार तयार भएको वडा सचिव प्रकाश खड्काले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई