January 22, 2018

शेयर खरिद गर्न उक्साउनेलाई कारबाही

 

काठमाडौँ, ८ माघ । नेपाल धितोपत्र बोर्डले गलत तवरले शेयर खरिद गर्न उक्साएको भन्दै प्रज्ञान सेक्युरेटिजलाई  ७५ हजार जरिवाना गरेको छ ।

बोर्डले आइतबार जारी गरेको विज्ञप्तिअनुसार भाइबरमा सन्देश पठाएर सो कम्पनीका विराटनगर शाखा प्रमुखले सिभिल बैंकको शेयर खरिद गर्न प्रोत्साहित गरेको पाइएकाले कारबाही गरिएको हो ।

सिभिल बैंकको साधारणसभा अगावै ४० प्रतिशत हकप्रद आउने, शेयर किन्दा राम्रो छ, फाइदा गराउने जिम्मा हाम्रो भयो भन्ने आशयको भाइबरमा म्यासेज ग्रुप बनाएर जानकारी पठाएको पाइएको बोर्डको अध्ययनबाट खुलेको हो ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७६ बमोजिम धितोपत्र व्यवसाय सञ्चालन गर्ने संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्र बजारको उच्च मर्यादा राख्ने, धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेख राम्रोसँग राख्ने, धितोपत्र व्यवसाय सञ्चालन गर्ने, व्यावसायिक आचरणमा रहनुपर्ने भएपनि त्यसो नगरेको पाइएको बोर्डको भनाइ छ ।

बोर्डले धितोपत्र व्यवसायीलाई धितोपत्र व्यवसाय सञ्चालन गर्दा आफूले पालन गर्नुपर्ने, व्यावसायिक सिद्धान्तको पालनातर्फ थप सजग गराउने र दोस्रो बजार कारोबार थप व्यवस्थित र पारदर्शी हुन सहयोग पुग्ने उल्लेख गरेको छ ।

बोर्डका अनुसार ती शाखा प्रमुखले सिभिल बैंकले ४० प्रतिशत हकप्रद शेयर दिन लागेको र शेयर किन्दा फाइदा हुने र फाइदाको जिम्मा आफ्नो भएको आशयको सूचना जारी गरेका थिए ।

संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्र बजारको उच्च मर्यादा कायम राख्नुपर्नेमा यस्तो नगरेको भन्दै कारबाही गरिएको जनाएको छ ।

करिब चार अंकले घट्यो बजार

यसैबीच, नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक ३.८५ बिन्दुले ओरालो लागेर एक हजार ४०२ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७६ बिन्दुले घटेको छ ।

कूल १६५ कम्पनीको १६ लाख ७६ हजार ११६ कित्ता शेयर रु ५० करोड ६१ लाख ४२ हजार ८५६ मूल्यमा कारोबार भएको हो ।

व्यापार समूह २.०२, होटल २५.३३, वित्त २.३२, उत्पादन ३०.९७, अन्य समूह १.७६ बिन्दुले बढ्दा बैंकिङ २.५७, विकास बैंक ५.१, जलविद्युत् ७.०८, बीमा ७५.९९, माइक्रो फाइनान्स समूह १२.१७ बिन्दुले ओरालो लाग्दा बजार करिब चार अंकले ओरालो लागेको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र