January 21, 2018

युवा स्पिनर सन्दिप आइपिएलको अक्सनमा

 २०७४ माघ ७ आइतबार

काठमाडौँ । नेपाली युवा स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको अक्सन (बोलकबोल) सूचीमा परेका छन् । आइपिएलले शनिबार सार्वजनिक गरेको अक्सनमा पर्ने खेलाडीको सूचीमा क्रिकेटर सन्दिप अटाएका हुन् ।

आगामी अप्रिलमा हुने आइपिएलको लागि अक्सनमा ५७८ खेलाडी परेका छन् । जसमा सन्दिप २७६ औं स्थानमा रहेका छन् ।  अन क्याप्ड सूचीमा रहेका सन्दीप एसोसियटतर्फबाट अक्सनमा छानिएका हुन् ।

अक्सनमा यु – १९ क्रिकेट टोलीका पुर्व कप्तान समेत रहेका सन्दिपको बेस प्राइस २० लाख भारतीय रुपैयाँ रहेको छ ।  अक्सनको लागि छनोट भएकामध्ये ३६० भारतीय खेलाडी रहेका छन् ।  ११ औं संकरणको आइपिएलको अक्सन जनवरी २७ र २८ मा हुनेछ । आइपिएल अप्रिल ४ देखि मे ३१ सम्म हुने छ ।

नेपाली टोलीको नियमित सदस्य सन्दीप यसअघि बंगलादेशको घरेलु लिगको ड्राफ्ट र  पाकिस्तान सुपर लिगको अक्सनमा परेका थिए । तर, सन्दिपलाई अक्सनमा कुनैपनि क्लबले किनेनन् । 

तस्वीर : आइसीसी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि