January 21, 2018

युवा स्पिनर सन्दिप आइपिएलको अक्सनमा

 २०७४ माघ ७ आइतबार

काठमाडौँ । नेपाली युवा स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको अक्सन (बोलकबोल) सूचीमा परेका छन् । आइपिएलले शनिबार सार्वजनिक गरेको अक्सनमा पर्ने खेलाडीको सूचीमा क्रिकेटर सन्दिप अटाएका हुन् ।

आगामी अप्रिलमा हुने आइपिएलको लागि अक्सनमा ५७८ खेलाडी परेका छन् । जसमा सन्दिप २७६ औं स्थानमा रहेका छन् ।  अन क्याप्ड सूचीमा रहेका सन्दीप एसोसियटतर्फबाट अक्सनमा छानिएका हुन् ।

अक्सनमा यु – १९ क्रिकेट टोलीका पुर्व कप्तान समेत रहेका सन्दिपको बेस प्राइस २० लाख भारतीय रुपैयाँ रहेको छ ।  अक्सनको लागि छनोट भएकामध्ये ३६० भारतीय खेलाडी रहेका छन् ।  ११ औं संकरणको आइपिएलको अक्सन जनवरी २७ र २८ मा हुनेछ । आइपिएल अप्रिल ४ देखि मे ३१ सम्म हुने छ ।

नेपाली टोलीको नियमित सदस्य सन्दीप यसअघि बंगलादेशको घरेलु लिगको ड्राफ्ट र  पाकिस्तान सुपर लिगको अक्सनमा परेका थिए । तर, सन्दिपलाई अक्सनमा कुनैपनि क्लबले किनेनन् । 

तस्वीर : आइसीसी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद