पूरै महिनाभरी ६ मिनेटमात्र घामको किरण पाउनु कल्पना गर्नमात्र पनि मुस्किल पर्छ तर यो रसियाको राजधानी मस्कोको यथार्थ हो ।
गएको २०१७ को डिसेम्बर महिना हालसम्मकै त्यहाँको सबैभन्दा अध्याँरो महिना रह्यो । सामान्यतया दिनमा एकघण्टा जस्तो घाम लाग्ने मस्कोमा गएको डिसेम्बरभरी नै ६ मिनेटमात्र घाम लागेको थियो ।
रसियाली मौसम विज्ञान विभागका प्रमुख रोमन भिलफ्यान्डले डिसेम्बर महिनाभरी मस्कोवासीहरु सफा आकाशको दृश्यावलोकनबाट बञ्चित भएको बताए ।
हालैको डिसेम्बर महिना रसियामा अहिलेसम्म कै सबैभन्दा अध्याँरा दिनहरु थिए । त्यहाँ मात्र ६ मिनेट स्पष्ट सूर्यको प्रकाश देखिएको कुरा मौसम विज्ञान विभागमा उल्लेख गरिएको छ । सन् २००० को डिसेम्बर भरी त्यहाँ मात्र ३ घण्टा सूर्यको प्रकाश देखिएको रेकर्ड छ ।
विभागका प्रमुख भिलफ्यान्डले यसको कारण अट्लान्टिकको परचक्रिय प्रणालीले अधिक बाक्लो बादल ल्याएर त्यस्तो भएको बताए ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन