January 19, 2018

टीयु क्रिकेट मैदान स्तरोन्नतिका लागि २ करोड

युवा तथा खेलकुद मन्त्री राजन केसीले टीयु क्रिकेट मैदान पुनर्निर्माणको लागि यसै वर्ष २ करोड बजेट विनियोजन भएको बताएका छन् । नेपालमा पहिलो पटक आयोजना भएको क्रिकेट कार्निभलको उद्घाटनमा बोल्दै मन्त्री केसीले टीयु मैदानलाई स्तरोन्नति गर्न लागिएको बताए ।918317911IMG_7569

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ ५ गते शुक्रबार मन्त्री केसीले देशैभरी खेलकुदका भौतिक संरचनालाई निर्माण तथा पुननिर्माण गर्न थालिएको बताए । प्रथम क्रिकेट महत्सवमा बोल्दै मन्त्री केसीले भने “नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएको छ । नेपाली खेलाडीले राम्रो गरेका छन् । १३औं साग नेपालले गर्ने अवसर पाएको छ । त्यसैलाई मध्यनजर गर्दै भौतिक संरचनाहरू निर्माण भइरहेको छ ।”

मन्त्री केसीले थपे “यो वर्ष नै टियु मैदानको लागि २ करोड, यही टियुमा बन्न लागेको कभर्डहललाई १ अरब र मुलपानी क्रिकेट मैदानका लागि बजेट विनियोजनभई काम अघि बढेको छ ।”

कार्यक्रममा माओवादीका नेता तथा सांसद, जनार्दन शर्माले खेल क्षेत्रलाई महत्वका साथ अगाडी बढाउन आजको आवश्यकता भएको बताए । उनले भने “खेलाडी राष्ट्रका सिपाही हुन् । अनुशासन खेलाडीबाट राजनीतिकर्मीले सिक्नु पर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि