January 18, 2018

देउवाले यसरी भाग लागाएका रहेछन् प्रदेश प्रमुख

माघ ४, २०७४, काठमाडौं । विपक्षीसँग सहमति भएको भए मुख्य तीन दल कांग्रेस र एमालेलाई २–२, माओवादी, राजपा र संघीय फोरमलाई १–१ भागबन्डा लगाएर प्रदेश प्रमुख तोक्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको थियो ।

एमाले र माओवादीका नेताहरूसँग यस विषयमा उनले पटकपटक अनौपचारिक छलफल पनि गरे । माओवादी नेता वर्षमान पुन र जनार्दन शर्मा तथा एमालेका सुवास नेम्वाङ र विष्णु पौडेलसँग प्रधानमन्त्री र उनका प्रतिनिधिले पटक–पटक गरेको प्रयास असफल भयो ।

त्यसपछि देउवाले राजपा र संघीय समाजवादी फोरमलाई साथमा लिने प्रयास गरे । नयाँ पत्रिकामा खबर छ ।

फोरम अध्यक्ष उपेन्द्र यादवसँग बुधबार बिहान र राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसँग मंगलबार साँझ भएको छलफलपछि अन्तिममा सत्ताको नेतृत्व गरेको कांग्रेसलाई पाँच, संघीय समाजवादी फोरम र राजपालाई १–१ प्रदेश प्रमुखको भागबन्डा लगाइएको छ ।

कांग्रेसको प्रस्तावमा प्रदेश १, ३, ४, ६ र ७ तथा फोरमको प्रस्तावमा प्रदेश २ र राजपाको प्रस्तावमा प्रदेश ५ को प्रदेश प्रमुख बनाइएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु