January 18, 2018

देउवाले यसरी भाग लागाएका रहेछन् प्रदेश प्रमुख

माघ ४, २०७४, काठमाडौं । विपक्षीसँग सहमति भएको भए मुख्य तीन दल कांग्रेस र एमालेलाई २–२, माओवादी, राजपा र संघीय फोरमलाई १–१ भागबन्डा लगाएर प्रदेश प्रमुख तोक्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको थियो ।

एमाले र माओवादीका नेताहरूसँग यस विषयमा उनले पटकपटक अनौपचारिक छलफल पनि गरे । माओवादी नेता वर्षमान पुन र जनार्दन शर्मा तथा एमालेका सुवास नेम्वाङ र विष्णु पौडेलसँग प्रधानमन्त्री र उनका प्रतिनिधिले पटक–पटक गरेको प्रयास असफल भयो ।

त्यसपछि देउवाले राजपा र संघीय समाजवादी फोरमलाई साथमा लिने प्रयास गरे । नयाँ पत्रिकामा खबर छ ।

फोरम अध्यक्ष उपेन्द्र यादवसँग बुधबार बिहान र राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसँग मंगलबार साँझ भएको छलफलपछि अन्तिममा सत्ताको नेतृत्व गरेको कांग्रेसलाई पाँच, संघीय समाजवादी फोरम र राजपालाई १–१ प्रदेश प्रमुखको भागबन्डा लगाइएको छ ।

कांग्रेसको प्रस्तावमा प्रदेश १, ३, ४, ६ र ७ तथा फोरमको प्रस्तावमा प्रदेश २ र राजपाको प्रस्तावमा प्रदेश ५ को प्रदेश प्रमुख बनाइएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल