January 18, 2018

पुर्ब राजाले सुको नदिएपछि….

 

 

 

हिन्दूत्व, राजतन्त्र फर्काउनेजस्ता राप्रपाका एजेण्डा अब बाँकी नरहने भएका छन् । ०६४ सालमा देशभरि नै पूर्णतया रक्षात्मक अवस्थामा रहेका पूर्वपञ्च तथा राजावादी ०७० सालमा निकै लोकप्रिय बन्न सफल भएका थिए । त्यसैकारण २५ सिटसहित संसद्मा बलियो उपस्थिति जनाउन सफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी यसपटकको चुनावमा भने नराम्रोसँग बढारिएको छ ।

राष्ट्रिय पार्टीको मान्यतासम्म पाउन नसक्ने अवस्थामा त्यो पार्टी किन र कसरी पुग्यो भनेर उनीहरू माघ पहिलो साता वीरगञ्जमा भेला भई समीक्षा गर्दै छन् । ज्ञानेन्द्रले धोका दिए, कांग्रेसले पनि धोका दियो । हिन्दू, राजावादी भन्नेहरूले इमान छाडे । आखिर कारण के हो त ? यसको खोजी हुँदै छ । त्यसै पनि राजावादीको मात्र देशभरबाट ५ लाख मत आउनुपथ्र्यो । पूर्वराजाका आसेपासे, कर्मचारी, नातागोतादेखि शाही शासनकालमा सेवा–सुविधा भोगेकाहरूले त राजावादी पार्टीलाई मत हाल्छन् भन्ने अपेक्षा थियो । देशभरमा कर्मकाण्ड गर्ने पण्डित, पुरोहित मात्र पनि २ लाखजति रहेकोमा उनीहरूले हिन्दूत्व सम्झेर राप्रपालाई समानुपातिकमा त कम्तीमा एक मत हाल्नुपर्ने अपेक्षा थियो ।

उता, पूर्वराजा ज्ञानेन्द्रले १ सुको चुनाव खर्च नदिने, भोट राप्रपालाई नै हाल है, हाम्रो एजेण्डा बोक्ने पार्टी यो हो भनेर कसैलाई भन्दासमेत नभन्ने भएपछि उनको एजेण्डा बोकेर किन हिँड्ने ? भन्दै अब माघ पहिलो साता समीक्षा बैठक बस्ने तयारीमा राप्रपा रहेको स्रोतले जनाएको छ । अहिलेको नतिजाअनुसार प्रदेश नं. १ र ३ नं. बाट जनजाति महिला, प्रदेश नं. ६ बाट खस–आर्य गरी राप्रपा नेपालले ३ जना समानुपातिक पाउने भएको छ । दुई वटै राप्रपा राष्ट्रिय पार्टी बन्न सकेनन् न त अब दुइटाको मत जोडेरै त्यो दाबी गर्न पाइन्छ । प्रचण्डसँग प्रतिस्पर्धा गरेका अर्काे राप्रपाका विक्रम पाण्डेले समानुपातिकमा आफ्नोे कालिका एफएमकी युवती रिना गुरुङको नाम घुसाएपछि त्यसले पनि नयाँ लफडा शुरु गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन