स्वास्थ्यकर्मीले प्रसूति गराउँदा शिशुको हातै भाँचिएपछि…

sisu-photo_hand_crack-5a51e556834b25.75911458

काठमाडौँ, २४ पुस । नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीले एक महिलाको प्रसूति गराउने क्रममा शिशुको हातै भाँचिदिएका छन्। मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीया तारा आछामीको प्रसूति गराउने क्रममा स्वास्थ्यकर्मीले शिशुको हात भाँचिदिएका हुन्।

तारालाई प्रसूति व्यथा लागेपछि गत पुस ९ गते अस्पताल भर्ना भएकी थिइन्। १० गते शिशु जन्मिए पनि बच्चाको हात भाँचिएपछि अस्पतालले त्यसलाई सार्वजनिक नगर्न आफूलाई दबाब दिएको ताराका ससुरा धनलाल सार्कीले बताए।

ताराले दोस्रो सन्तानका रुपमा छोरा जन्माएकी छन्। उनको पहिलो सन्तान पाँच वर्षकै छोरा छन्। ताराका पति चन्द्र आछामी पाँच महिनाअघि वैदेशिक रोजगारीमा गएका छन्।

‘जन्मिएको बच्चाको हात भाँचिएको पाइएपछि अस्पतालसँग हामीले गुनासो राख्यौं,’ धनलालले भने, ‘आमा र बच्चाको उपचार सबै गरिदिने भन्दै अस्पतालले त्यसलाई सार्वजनिक नगर्न दबाब दिएका कारण हामीले पनि तत्काल यो कुरा बाहिर ल्याउन सकेनौं।’ अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि