चितवन, २१, पुस । भरतपुर महानगरपालिकाको प्रथम नगरसभा तीन अर्बको बजेट प्रस्ताव गर्दै आज देखि शुरु हुदैछ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् ।परिषद्ले स्थानीय सरकारको संवैधानिक अवधारणाअनुसार नीति तथा कार्यक्रम र कानून निर्माण गर्ने नगरप्रमुख रेनु दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताए । बजेटले पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको उनको भनाइ छ ।
‘महानगरभित्र सडक कालोपत्रलाई अभियानका रुपमा सञ्चालन गरिनेछ,’ उनले भने । शहरी विकास मन्त्रालयमार्फत प्राप्त तीन अर्बको बजेटबाट राप्ती र नारायणी नदीमा तटबन्ध गरी वन्यजन्तु बस्ती पस्न नदिन पर्खालसहितको मेसजाली निर्माण गर्नका लागि नगरसभामा प्रस्ताव पेश गरिने अधिकारीले बताए ।
‘केन्द्र र प्रदेशसँग सहकार्य गरी महानगरीय रिङ्रोड र लिङ्क रोड यसैवर्षबाट शुरु गरिनेछ,’ उनले भने । नगरसभामा सिटी हल, चितवनमा बन्दै गरेको राष्ट्रियस्तरको रंगशालाको निर्माण कार्यलाई अगाडि बढाउने, नारायणी नदीमा तीन ठाउँमा पुल निर्माण गर्ने, नारायणगढको लायन्सचोकमा भूमिगत पार्किङसहितको व्यावसायिक भवन निर्माण गर्नेलगायतका महत्वपूर्ण योजना प्रस्ताव गरिँदैछ ।
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक