December 30, 2017

गच्छदारविरुद्ध भगवतीको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

 
काठमाडौं, पुस १५ । प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिने÷नदिनेबारे विपक्षी निर्वाचन आयोगलाई छलफलमा बोलाउन आदेश जारी गरेको हो । मतगणनामा धाँधली भएको विषयमा सर्वोच्चले विजयी उम्मेदवार विजयकुमार गच्छदार र आयोगलाई छलफलमा बोलाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
मतगणनाका क्रममा फर्जी मतपत्र गणना गरेर आफूलाई पराजित गरिएको भन्दै चौधरीले गच्छदारविरुद्ध रिट हालेकी हुन् । उनले दायर गरेको रिटमा निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी, प्रतिनिधिसभा क्षेत्र नं ३, निर्वाचन अधिकृत टीकाभूषण घिमिरे र विजयी उम्मेदवार विजयकुमार गच्छदारलाई विपक्षी बनाइएको छ ।

चौधरीले गैरकानुनी मतगणनाबाट आफू पराजित हुनुपरेको भन्दै विजयी उम्मेदवार गच्छदारलाई प्रतिनिधिसभा सदस्यको शपथ नगराउनसमेत माग गरेकी छिन् । सुनसरी प्रतिनिधिसभा क्षेत्र नं ३ बाट विजयी कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेकी थिइन् ।

मिश्रको रिट खारेज
सर्लाही क्षेत्र नम्बर ४ का राष्ट्रिय जनता पार्टीका उम्मेदवार राकेशकुमार मिश्रले पुनः मतदान गर्न माग गर्दै संवैधानिक इजलासमा दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्लाही ४ बाट कांग्रेस उम्मेदवार अमरेशकुमार सिंह विजयी भएको घोषणा खारेज गर्नुपर्ने अवस्था नभएको भन्दै रिट खारेज गरेको हो ।

सर्लाही क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज भए पनि गोलाकारभित्रको हँसिया–हथौडा चिह्नसमेत मतपत्रमा उल्लेख हुनु त्रुटिपूर्ण भएको भन्दै मिश्रले रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको