
काठमाडौं । शिक्षा ऐनमा भएको संशोधनअनुसार गठित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षा सञ्चालन गर्नुपर्नेमा विगतमा एसएलसी सञ्चालन गर्दै आएको परीक्षा नियन्त्रण कार्यालयले नै यस वर्षको एसईई परीक्षा सञ्चालन गर्ने भएको छ । संशोधित शिक्षा ऐनले कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह मानेकाले कानुनी रुपमा माध्यमिक तहको परीक्षा बोर्डले सञ्चालन गर्नुपर्ने हो ।
गत वर्ष शिक्षा नियमावली ढिलाइका कारण पनिकाले नै एसईई गराएको थियो । यस वर्ष पनि एसईईको जिम्मेवारी पनिकाकै काँधमा आएको नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जनकारी दिए ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने ऐनले व्यवस्था गरेअनुसार गत वर्षको एसईई पनिकाले सञ्चालन गरे पनि बोर्डकै नामबाट भएको बताए । “यस वर्ष पनि पनिकाले नै परीक्षा लिन्छ । त्यो पनि हाम्रै संस्था त हो,” उनले भने ।
संशोधित ऐनअनुसार एसईई परीक्षा प्रादेशिक स्तरमा लिनुपर्ने हो । तर, अहिले प्रादेशिक संरचना तयार भइनसकेको हुनाले केन्द्रकै रुपमा लिनुपर्ने बाध्यता रहेको पौडेलले बताए । “अहिले हाम्रो पुरानै जिल्ला शिक्षा कार्यालय र जिशिअ मातहतबाट नै सबै परीक्षा सञ्चालन गर्छौं,” उनले भने । उनका अनुसार आगामी वर्षदेखि जिल्ला शिक्षा कार्यालय रहने छैनन् । अर्को वर्षेदेखि प्रादेशिक कार्यालय स्थापना गरेर त्यसैको मातहतमा एसईई गराइने अध्यक्ष पौडेलले बताए ।
परीक्षा बोर्डको गत असार १६ मा बसेको बैठकले अर्को व्वस्था नभएसम्मका लागि पनिकाले गरी आएको कक्षा १० को परीक्षासम्बन्धी कार्य हाल यथावत् रुपमा सोही कार्यालयमार्फत गर्ने गराउने निर्णय गरेको उनले जानकारी दिए ।
प्रादेशिक स्तरमा पूर्वाधार तयारी सुरु
आगामी वर्षको कक्षा १० को एसईई परीक्षा प्रादेशिक स्तरमै सञ्चालन गर्ने तयारी सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसका लागि बोर्डले आवश्यक पूर्वाधार र जनशक्ति तयार गरिरहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जनाए ।
एसईई परीक्षा सञ्चालन, रिजल्ट प्रकाशनलगायत सम्पूर्ण जिम्मेवारी प्रादेशिक संरचना बनाएर सोही निकायलाई सुम्पिने उनले बताए । बोर्डका ११ वटा क्षेत्रीय कार्यालयहरूलाई नै प्रादेशिक कार्यालयका रूपमा स्थापना गरी सोही कार्यालयबाट परीक्षा सञ्चालन तथा व्यवस्थापन हुने तयारी भइरहेको अध्यक्ष पौडेलले जानकारी दिए ।
प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को काठमाडौं, ४ को पोखरा, ५ को कोहलपुर, ६ को सुर्खेत र ७ को धनगढीमा बोर्डको प्रादेशिक कार्यालय रहनेछन् । अहिलेका बोर्डको विराटनगर, जनकपुर, हेटौंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज, दाङ, धनगढी र डडेल्धुरामा शाखा कार्यालय छन् ।
काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको
काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले
राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत
काठमाडौँ, असार १९ । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि