काठमाडौँ, ५ पुस । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ जनताले व्यक्त गरेको २६ लाख मत खेर गएको छ । मतदाता शिक्षाका लागि ठूलो रकम खर्च भए पनि मत बदरको अवस्था भने फेरिएको छैन । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक परिणामअनुसार २६ लाख १० हजार ९६८ मत बदर भएको छ ।
आयोगले प्रारम्भिक रूपमा सार्वजनिक भएको बदर मतको सङ्ख्या भने घट्ने दाबी गरेको छ । निर्वाचन क्षेत्रगत रूपमा अन्तिम परिणाम सङ्कलन गरी रुजु गर्ने काम भइरहेकाले बदर मतको सङ्ख्या यकिन भइनसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । ढकालले भन्नुभयो, “बदर मतको अन्तिम सङ्ख्या रुजु हुँदैछ । अहिलेलाई प्रारम्भिक रूपमा सार्वजनिक भएकै बदर मतको सङ्ख्या होध्र”
निर्वाचन आयोगले पहिलो र दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभामा ६८ प्रतिशतभन्दा बढी मत खसेको विवरण सार्वजनिक गरेको छ । सङ्ख्यात्मक हिसाबमा एक करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको छ; जसमध्ये आयोगको वेब पेजमा सार्वजनिक विवरणअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ९५ लाख ४४ हजार ७४४ मत सदर भएको छ । अर्थात् १० लाख ४२ हजार ७७७ मत बदर भएको छ । खसेको मतका आधारमा बदर मत ९.८४ प्रतिशत हो ।
प्रदेशसभातर्फ झनै बढी मत बदर भएको छ । कुल मतमा ९० लाख १९ हजार ३३० मत सदर भएको छ । प्रदेशसभामा कुल १५ लाख ६८ हजार १९१ मत बदर भएको छ । कुल मतका आधारमा बदर मत १४.८१ प्रतिशत हो । प्रतिनिधिसभाभन्दा प्रदेशसभाको समानुपातिकतर्फ ४.९७ प्रतिशत बढी मत बदर भएको हो ।
कुल मतमध्ये प्रदेशगत रूपमा प्रदेश नम्बर १ मा १७ लाख ३६ हजार ६२२ मत सदर भएको छ । यस्तै प्रदेश २ को प्रदेशसभाको समानुपातिकतर्फ १५ लाख ३७ हजार १७१ मत सदर भएको निर्वाचन आयोगको प्रारम्भिक तथ्याङ्क छ । प्रदेश ३ मा समानुपातिकतर्फ १८ लाख ९१ हजार ३०६ मत सदर भएको छ ।
यस्तै प्रदेश ४ मा नौ लाख ५६ हजार ८१९ मत सदर भएको छ । प्रदेश ५ मा समानुपातिकको १६ लाख १२ हजार १८० मत सदर भएको आयोगको प्रारम्भिक तथ्याङ्क छ । प्रदेश ६ मा चार लाख ९४ हजार १६२ र प्रदेश ७ मा सात लाख ९१ हजार ७० मत सदर भएको छ । गोरखापत्रमा खबर छ ।
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।