काठमाडौँ, ५ पुस । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ जनताले व्यक्त गरेको २६ लाख मत खेर गएको छ । मतदाता शिक्षाका लागि ठूलो रकम खर्च भए पनि मत बदरको अवस्था भने फेरिएको छैन । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक परिणामअनुसार २६ लाख १० हजार ९६८ मत बदर भएको छ ।
आयोगले प्रारम्भिक रूपमा सार्वजनिक भएको बदर मतको सङ्ख्या भने घट्ने दाबी गरेको छ । निर्वाचन क्षेत्रगत रूपमा अन्तिम परिणाम सङ्कलन गरी रुजु गर्ने काम भइरहेकाले बदर मतको सङ्ख्या यकिन भइनसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । ढकालले भन्नुभयो, “बदर मतको अन्तिम सङ्ख्या रुजु हुँदैछ । अहिलेलाई प्रारम्भिक रूपमा सार्वजनिक भएकै बदर मतको सङ्ख्या होध्र”
निर्वाचन आयोगले पहिलो र दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभामा ६८ प्रतिशतभन्दा बढी मत खसेको विवरण सार्वजनिक गरेको छ । सङ्ख्यात्मक हिसाबमा एक करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको छ; जसमध्ये आयोगको वेब पेजमा सार्वजनिक विवरणअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ९५ लाख ४४ हजार ७४४ मत सदर भएको छ । अर्थात् १० लाख ४२ हजार ७७७ मत बदर भएको छ । खसेको मतका आधारमा बदर मत ९.८४ प्रतिशत हो ।
प्रदेशसभातर्फ झनै बढी मत बदर भएको छ । कुल मतमा ९० लाख १९ हजार ३३० मत सदर भएको छ । प्रदेशसभामा कुल १५ लाख ६८ हजार १९१ मत बदर भएको छ । कुल मतका आधारमा बदर मत १४.८१ प्रतिशत हो । प्रतिनिधिसभाभन्दा प्रदेशसभाको समानुपातिकतर्फ ४.९७ प्रतिशत बढी मत बदर भएको हो ।
कुल मतमध्ये प्रदेशगत रूपमा प्रदेश नम्बर १ मा १७ लाख ३६ हजार ६२२ मत सदर भएको छ । यस्तै प्रदेश २ को प्रदेशसभाको समानुपातिकतर्फ १५ लाख ३७ हजार १७१ मत सदर भएको निर्वाचन आयोगको प्रारम्भिक तथ्याङ्क छ । प्रदेश ३ मा समानुपातिकतर्फ १८ लाख ९१ हजार ३०६ मत सदर भएको छ ।
यस्तै प्रदेश ४ मा नौ लाख ५६ हजार ८१९ मत सदर भएको छ । प्रदेश ५ मा समानुपातिकको १६ लाख १२ हजार १८० मत सदर भएको आयोगको प्रारम्भिक तथ्याङ्क छ । प्रदेश ६ मा चार लाख ९४ हजार १६२ र प्रदेश ७ मा सात लाख ९१ हजार ७० मत सदर भएको छ । गोरखापत्रमा खबर छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद