पौष ४,काठमाडौं : चुनावपछिको अधिकांश दिन सेयर बजार ओरालो लागेको छ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४.४९ अंकले ओरालो लागेर १ हजार ४९३.७६ अंकमा अडेको छ । बजारमा आएका सबै समूहको परिसूचक राताम्य बन्दा सेयर बजार ओरालो लागेको हो ।

१६६ कम्पनीको १४ लाख ५ हजार ९७१ कित्ता सेयर ५ हजार १९२ पटक किनबेच हुँदा ५९ करोड ९३ लाख ७६ हजार ३२१ रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै बिमा समूहको परिसूचक ५९.६७ अंकले घटेको छ । त्यस्तै अन्य समूह, होटेल, माइक्र्रो फाइनान्ससको क्रमशः ३६.४४,३२.९, २०.२३ अंकले घटेको छ ।
कारोबार भएकामध्ये सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सेयर ७ करोड ९४ लाख ७० हजार २९० रुपैयाँको कारोबार भएको छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको