काठमाडौँ, ४ पुस : सिकिस्त शिशुहरूको बढ्दो चापसँगै नर्सहरूले राजीनामा दिएपछि कान्ति बाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा समस्या देखिएको छ। आईसीयूमा कार्यरत सात जना नर्सले राजीनामा दिएपछि सिकिस्त अवस्थाका बालबालिकालाई शीघ्र उपचारका लागि अन्यत्र रेफर गर्नुपर्ने अवस्था आइपरेको छ।

‘दिनैपिच्छे चार/पाँच जना सिकिस्त बिरामी बेड नपाएर फर्किने गरेका छन्’, मुलुककै एक मात्र केन्द्रीय बाल अस्पतालका निर्देशक डा.गणेशकुमार राईले भने। आईसीयूमा कार्यरत दुई जना नर्सले आइतबारदेखि लागू हुने गरी राजीनामा दिएका छन् भने पाँच जना यसअघि नै राजीनामा दिएर अन्यत्र गइसकेका छन्। स्टाफ नर्सहरू करुणा थापा र मनीषा पुडासैनीले आइतबार राजीनामा दिएका हुन्। आईसीयूमै रहेकी स्टाफ नर्स संगीता श्रेष्ठ पनि राजीनामा दिएर अस्ट्रेलिया जाने तयारीमा रहेको अस्पताल प्रशासनले जनाएको छ। स्टाफ नर्स नहुँदा करारबाट नियुक्त पाएका तीन जना सातौं तहका अधिकृतलाई पनि स्टाफ नर्ससरह काम लगाउनुपरेको राईले बताए।
माघ २ गते मात्रै १८ शड्ढयाको आईसीयूको क्षमता विस्तार गरी ५२ शड्ढया पु¥याइएको थियो। बिरामीको बढ्दो चापसँगै सेवा विस्तार गर्ने क्रममा अहिले एनआईसीयूमा १६, पीआईसीयूमा १३ र एसआईसीयूमा आठवटा शड्ढया सञ्चालनमा ल्याइएको छ। तर, नर्सहरूले राजीनामा दिएपछि सातायता सेवा प्रवाहमा समस्या आएको छ।
आईसीयू कक्ष इन्चार्ज विष्णु बन्जाडेका अनुसार आईसीयूमा कार्यरत दुई नर्स प्रसूति हुने अवस्थामा छन्। ‘आराम गर्नुपर्ने बेला पनि प्रसूति अवस्थामा रहेका स्टाफ नर्सले काम गरिरहेका छन्’, उनले भनिन्, ‘उनीहरू प्रसूति भएर बिदामा बसे भने सेवा प्रवाह कसरी मिलाउने समस्या छ।’
उनका अनुसार आईसीयूमा सेप्टिज, जन्डिस, हाइपोक्सिया, हाइपोथर्मियामा बिरामी धेरै आउँछन्। इन्सेफ्लाइटिस, मेनेन्जाइटिस, निमोनिया र मुटुका बिरामीको संख्या पनि पछिल्लो समय बढेको उनले जानकारी दिइन्। ‘क्षमताअनुसार आईसीयूका सबै शड्ढया सञ्चालनमा ल्याउन सकिएको छैन। विभिन्न समस्याका कारण सेवा प्रवाहमा पनि कठिनाइ भइरहेको छ,’ उनले भनिन्। सर्जिकल वार्डमा अप्रेसन गर्दा गम्भीर भएका बिरामीलाई पनि ल्याउने त आईसीयूमै हो। सीमित नर्सहरूका कारण कोही बिदामा वा बिरामी भए अर्कोलाई दोब्बर भार पर्ने गुनासो उनीहरूको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार एक जना नर्सले एक बिरामीको हेरचाह गर्नु पर्छ। तर, कान्ति अस्पतालमा एक जनाले सात जनालाई हेर्नुपरेको गुनासो स्टाफ नर्सहरूको छ। एक नर्स भन्छिन्, ‘तलब-भत्तालगायतमा आकर्षक सुविधा पनि छैन। करार र ज्यालादारीमा कतिन्जेल काम गर्ने भन्ने महसुस भएपछि छाडेका हौं।’
कान्ति अस्पतालमा दिइने तलबभन्दा अन्यत्र दोब्बर बढी हुने दाबी नर्सहरूको छ। अस्पताल प्रशासनले ५२ वटै बेड सञ्चालनका लागि ७२ जना स्टाफ नर्र्स आवश्यक पर्ने आकलन गरेको छ। तर, अहिले झन्डै आधा मात्र सञ्चालनमा छन्। कामको बोझ बढी भए पनि तलब-सुविधा नभएकाले राजीनामा दिएर अन्य अस्पतालमा आकर्षित भएको नर्सहरू बताउँछन्। कान्तिमा २४ हजार तलब पाउने स्टाफ नर्सहरूलाई अन्य अस्पतालले दोब्बर सुविधा दिने गरेका छन्।
सीमित बेड मात्र सञ्चालन गर्दा आईसीयू पुरानै बिरामीले भरिने गरेका छन्। अस्पतालका कार्यकारी निर्देशक गणेशकुमार राई स्टाफ नर्सको अभाव झेल्नु परिरहेको बताउँछन्। उनी भन्छन्, ‘स्टाफ नर्सको कमी भएको कुरा मन्त्रालयमा भनेका छौं। अस्पतालको आम्दानीबाटै कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यताका कारण उनीहरूलाई आकर्षक तलबभत्ता दिएर सेवामा टिकाइराख्न सकिएको छैन।’
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।