काठमाडौँ, ४ पुस – प्रदेश सभा तथा प्रतिनिधि सभाको सम्पूर्ण नतिजा आइ सकेपछि दलहरुले आगामी कार्यनीति तथा सरकार गठनको विषयमा परामर्श सुरु गरेका छन् । चुनाव सम्पन्न भएसँगै मतदातालाई बधाई तथा शुभकामना दिएर राजधानी फर्केका विभिन्न दलका नेताहरु आगामी सरकार तथा प्रदेश सभा गठनको विषयमा आपसी परामर्श थालेका छन् ।

प्रदेश २ मा मधेसवादी दलले प्रदेश सरकार गठनका लागि स्पष्ट बहुमत ल्याएपछि दलका नेताहरु त्यसका लागि आपसमा गृहकार्य सुरु गरेका छन् । महोत्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर राजधानी फर्किनुभएको छ । काठमाडौंँ फर्केलगतै उहाँले केन्द्र तथा प्रदेशमा गठन हुने सरकारको विषयमा परामर्श सुरु गर्नुभएको हो ।
समानुपातिकको परिणाम सार्वजनिक भएपछि पार्टीबाट समानुपातिक उम्मेदवारको बारेमा पनि उहाँले पार्टीभित्र परामर्श सुरु गर्नुभएको छ । जित पछिको विजय उत्सव मनाउन जिल्लामा रहनुभएका दलका नेताहरुलाई राजधानी फर्किन उहाँले खबर पठाउनुभएको छ ।
राजपा नेपालका प्रवक्ता एवं महासचिव केशव झाले आउँदो शुक्रवार पार्टीको बैठक बस्ने गरी नेताहरुलाई राजधानी आउन संयोजक ठाकुरले खबर पठाउनुभएको जानकारी गराउनुभयो । समानुपातिक सिट बाँटफाँटसँगै हाल देखिएको राष्ट्रिय सभाको विवाद र प्रदेश तथा केन्द्र सरकार गठन लगायतका कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको उहाँले जानकारी गराउनुभयो ।
प्रदेश २ मा राजपा नेपाल र फोरम नेपालको संयुक्त सरकार गठन हुने विषयमा पनि पार्टीमा छलफल हुने बताइएको छ । त्यस प्रदेशमा फोरम नेपालले बढी सीट ल्याएको हुनाले सरकार उसैले बनाउने दावी गर्दै आएको छ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ मा आफ्नो पार्टीले बढी सीट ल्याएको हुनाले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन हुने बताउनुभयो ।
यद्यद्यि राजपा नेपालले पनि सरकारको नेतृत्व लिनका लागि दावी गरिरहेको छ । प्रवक्ता झाले भन्नुभयो, फोरम नेपालले सीट बढी ल्याएको हुनाले सोही दलको नेतृत्वमा सरकार गठन हुनु स्वभाविक हो तर संयुक्त सरकार निर्माण हुने भएकाले त्यसमा पनि सहमति बनाउनुपर्छ ।’ सहमतिका आधारमा राजपा नेपालले प्रदेश सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाए सहर्ष स्वीकार गर्ने उहाँले बताउनु भयो । यी विषयमा पनि अगामी बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।