समानुपातिकमा एमालेले ४१ र कांग्रेसले ४० सिट पाउने

 

 २०७४ पौष २ आइतबार १२:११:००

काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको पनि मतगणना समाप्त भएको छ । यसअनुसार प्रत्यक्षतर्फ १६५ मा ८० स्थान जितेको एमालेले समानुपातिकतर्फ थोरैमात्रै मतले कांग्रेसलाई उछिनेको छ । 

एमालेले ४८ हजार १८७ मतले कांग्रेसलाई उछिनेको छ । एमालेले ३१ लाख ६४ हजार ४०६ मत प्राप्त गरेको छ भने कांग्रेसले ३१ लाख १७ हजार ०७९ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले १२ लाख ९८ हजार ३९० मत प्राप्त गरेको छ । चौथो र पाँचौँमा मधेसवादी दल बनेका छन् । चौथोमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २११ र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार ३ मत प्राप्त गरेका छन् ।

विवेकशील साझा, नयाँ शक्ति र यसअघि संसदमा प्रतिनिधित्व गरेका कुनै पनि दलले थ्रेसहोल्ड कटाउन सकेनन् । कानुनतः थ्रेसहोल्ड पूरा गर्न कुल सदर मतको ३ प्रतिशत मत कटाउनुपर्छ । विवेकशील साझाले २ लाख १२ हजार ३१८ र राप्रपाले १ लाख ९६ ३५४ मत हासिल गरे । नवौँ स्थानमा रहेको नयाँ शक्तिले ८१ हजार ५६८ मत प्राप्त गरेको छ ।

प्राप्त परिणामलाई सन्ट–लग मेथडमा हालेर दलहरूले प्राप्त गर्ने सिट संख्या निर्धारण गरिन्छ । हालसम्म पाँचवटा दलले मात्रै थ्रेसहोल्ड कटाउन सकेकाले आयोगले दिएको मतपरिणामलाई आधार मान्दा एमालेले समानुपातिकमा ४१ सिट पाउँछ । त्यस्तै, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र राजपा, संघीय समाजवादी फोरम, नेपालले समान ६-६ सिट पाउँछन् ।

यसरी हुन्छ सिट बाँडफाँड

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना