समानुपातिकमा एमालेले ४१ र कांग्रेसले ४० सिट पाउने

 

 २०७४ पौष २ आइतबार १२:११:००

काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको पनि मतगणना समाप्त भएको छ । यसअनुसार प्रत्यक्षतर्फ १६५ मा ८० स्थान जितेको एमालेले समानुपातिकतर्फ थोरैमात्रै मतले कांग्रेसलाई उछिनेको छ । 

एमालेले ४८ हजार १८७ मतले कांग्रेसलाई उछिनेको छ । एमालेले ३१ लाख ६४ हजार ४०६ मत प्राप्त गरेको छ भने कांग्रेसले ३१ लाख १७ हजार ०७९ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले १२ लाख ९८ हजार ३९० मत प्राप्त गरेको छ । चौथो र पाँचौँमा मधेसवादी दल बनेका छन् । चौथोमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २११ र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार ३ मत प्राप्त गरेका छन् ।

विवेकशील साझा, नयाँ शक्ति र यसअघि संसदमा प्रतिनिधित्व गरेका कुनै पनि दलले थ्रेसहोल्ड कटाउन सकेनन् । कानुनतः थ्रेसहोल्ड पूरा गर्न कुल सदर मतको ३ प्रतिशत मत कटाउनुपर्छ । विवेकशील साझाले २ लाख १२ हजार ३१८ र राप्रपाले १ लाख ९६ ३५४ मत हासिल गरे । नवौँ स्थानमा रहेको नयाँ शक्तिले ८१ हजार ५६८ मत प्राप्त गरेको छ ।

प्राप्त परिणामलाई सन्ट–लग मेथडमा हालेर दलहरूले प्राप्त गर्ने सिट संख्या निर्धारण गरिन्छ । हालसम्म पाँचवटा दलले मात्रै थ्रेसहोल्ड कटाउन सकेकाले आयोगले दिएको मतपरिणामलाई आधार मान्दा एमालेले समानुपातिकमा ४१ सिट पाउँछ । त्यस्तै, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र राजपा, संघीय समाजवादी फोरम, नेपालले समान ६-६ सिट पाउँछन् ।

यसरी हुन्छ सिट बाँडफाँड

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई