देउवाको विकल्प खोज्दै कांग्रेस !

congress-leaders_Y6V41evpaU.jpg.800x630_q70_crop

मंसिर २८, २०७४ 

काठमाडौ–  निर्वाचनमा अपेक्षित परिणाम नआएपछि नेपाली कांग्रेसभित्र नेतृत्वको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ । नेतृत्वको विकल्पबारे छलफल नभएपनि व्यक्तिगत रुपमा नेता कार्यकर्ताबीच नेतृत्वको विकल्पबारे चर्चा,परिचर्चा र बहस हुन थालेको हो ।  गगन थापा, डा रामशरण महत, धनराज गुरुङ, डा शेखर कोइराला लगायतले कांग्रेसकाे सुद्धिकरण आवाश्यक रहेको बताएका छन् ।  मतपरिणामबारे समिक्षा गर्ने भन्दै अबको समिक्षाले कांग्रेसलाई माथि उठ्न सहयोग पुग्ने विश्वास समेत गरेका छन् ।‘कांग्रेसभित्र ठूलै रिफर्म गर्न जरुरी छ, यो नगरे नेपाली कांग्रेस अबको केही समयपछि इतिहासमा परिणत हुनसक्छ  । त्यसका लागि पहिला केन्द्रीय समिति बैठक बोलाउनुपर्छ, त्यसपछि महासमितिको बिशेष बैठक बोलाउनुपर्छ ति बैठकमा उठेको आवाजलाई सम्बोधन गरिनुपर्छ’ कांग्रेस नेता डा शेखर कोइरालाले बताए ।प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाममा कांग्रेस तेस्रो स्थानमा छ । यसअघि (२०७०) को निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसरी एकाएक तेस्रो स्थानमा आएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले मतपरिणामबारे अहिलेसम्म मुख खोलिसकेका छैनन् ।

तर, कतिपय नेताहरुले नेतृत्वकै असक्षमताका कारण हार ब्यहोर्नुपरेको अभिव्यक्ति दिन थालेपछि देउवा दवावमा परेका छन् । देउवा निकट मानिएका कांग्रेस नेता डा प्रकाशशरण महतका अनुसार यो निर्वाचनमा मत परिणाम अनपेक्षित आएपनि त्रिपक्षिय भीडन्त हुनुपर्ने ठाउमा दुईपक्षीय भएकाले यस्तो नतिजा आएको बताए ।देउवा निकट श्रोतका अनुसार समानुपातिक तर्फको अन्तिम नतिजा आएको दुई दिनभित्र केन्द्रीय समिति बैठक राखेर निर्वाचनबारे समिक्षा गर्ने तयारी भइरहेको छ । तर, केन्द्रीय समिति बैठकमा केही नेताले नैतिकताको आधारमा राजिनामा दिनुपर्नेसम्मको सुझाव दिने तयारी गरेका छन् ।

प्रत्यक्षतर्फको मतपरिणाम आइसकेपनि समानुपातिक तर्फको अन्तिम नतिजा भने आइसकेको छैन । समानुपातिकतर्फ भने कांग्रेस सम्मानजनक अवस्थामै छ ।  

कांग्रेसलाई नजिकबाट नियाल्दै आएका विश्लेषक पुरुषोत्तम दाहाल भने कांग्रेसले यो निर्वाचनमा ल्याएको नतिजा स्वभाविक रहेको बताउँछन् । दाहाल कांग्रेसको नतिजा तेस्रो स्थानमा आउनुमा नेतृत्वको मात्रै दोष नभएर पार्टीका उम्मेदवार,नेता कार्यकर्ता सबैको कमजोरी रहेको बताउँछन् । 

के–के हुन कारण ?
१.कांग्रेसमा मौलाएको अलोकतान्त्रिक संस्कार ।
२.कांग्रेस नेतृत्व परिवारबादबाट बाहिर निस्कन नसक्नु  ।
३.नेता कार्यकर्तामा लोकतान्त्रिक संस्कारको विकास हुन नसक्नु ।
४.सांगठनिक प्रशिक्षण अभाव हुँदा कार्यकर्तामा अराजकता मौलाउनु ।
५.बाम गठबन्धनमध्ये पनि एमालेको सांगठनिक क्षमता मजवुत हुनु ।

विश्लेषक दाहाल भन्छन् – ‘कांग्रेसले थोरै सिट ल्याएपनि लोकतान्त्रिक प्रणालीलाई जोगाएको छ , यसमा सवैले कांग्रेसलाई धन्यवाद दिनुपर्छ । ’ दाहालको बुझाईमा कांग्रेस हार्नुमा मुल कारण एमाले माओवादीबीचको गठबन्धन प्रमुख कारण रहेपनि अन्य पाँच कारण सहायक रहेका छन् । 
केही असन्तुष्ट नेता कार्यकर्ताले कांग्रेस हार्नुमा प्रमख दोष नेतृत्व भएको र विकल्प खोज्नुपर्ने धारणा आएपनि दुई दिनअघि मात्रै निर्वाचन परिणाम आइरहेका बेलाकांग्रेस महामन्त्री शेखर कोइरालाले भने निर्वाचन परिणामकै कारण नेतृत्वको विकल्प खोज्न जरुरी नभएको बताएका थिए ।
  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका