राष्ट्रिय सभा गठनपछि मात्र प्रधानमन्त्री देउवाको राजीनामा: कांग्रेस

MKK_9023-768x477

२७ मंसिर, काठमाडौं । सरकार छाड्ने तयारीमा रहेको नेपाली कांग्रेसले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नु सरकारको दायित्व भएको बताएको छ । साथै, प्रधानमन्त्रीको राजीनामा मागेर होहल्ला नगर्न समेत वाम गठबन्धनका नेताहरुलाई आग्रह गरेको छ ।सरकारले भोलिको मन्त्रिपरिषद् बैठकबाट प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने तयारी गरेको छ ।तर, नयाँ सरकार गठनको तयारीमा रहेका एमाले र माओवादीका नेताहरुले यसमा असन्तुष्टि जनाएका छन् ।कांग्रेस नेता बालकृष्ण खाँडले भने संवैधानिक व्यवस्था अनुसार सरकारले काम गर्नु पर्ने बताउँछन् । ‘अस्थायी मुकाम तोक्न गृहकार्य भइरहेको छ’, खाँडले अनलाइनखबरसँग भने, ‘समानुपातिकको नाम बुझाउन साथ २० मुख्यमन्त्रीको सपथ गराउनुपर्छ । यसका लागि प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नु सरकारको दायित्व हो ।’

राष्ट्रिय सभा गठन नभएसम्म केन्द्रमा सरकार बन्न नसक्ने दाबी गर्दै उनले प्रदेश प्रमुख तोकिने संकेत गरे । उनले भने, ‘यदि नयाँ बन्ने सरकारलाई उपयुत्त, लागेन भने नयाँ निर्णय गर्न सक्छ । तर, यो सरकारले आफ्नो संवैधानिक दायित्व पुरा गर्नुपर्छ ।’

सरकार गठनमा अवरोध हुँदैन

प्रधानमन्त्री देउवा निकट मानिने नेता खाँडले नयाँ सरकार गठनमा अवरोध नहुने बताएका छन् ।

‘राजीनामाबारे अहिले पार्टीमा छलफल भइरहेको छैन’ नेता खाँडले भने, ‘तर, राष्ट्रिय सभा गठन भएपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले मार्ग प्रसस्त गर्नुपर्छ र गर्नुहुन्छ ।’

तर, पाँच वर्षका लागि म्याण्डेट लिएको आएको वाम गठबन्धनका नेताहरुलाई अहिले नै राजीनामा माग गर्दै होहल्ला गर्दै असहिष्ण व्यवहार नदेखाउन आग्रह गरेका छन् ।

२०७४ मंसिर २७ गते १७:२४ मा प्रकाशित (२०७४ मंसिर २८ गते ७:३७मा अद्यावधिक गरिएको)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन