December 14, 2017

प्रेस रिभ्यू: ६०-४० को आधारमा मुख्यमन्त्री बाँडफाँटको तयारी

 
 

th (4)

 

२८ मंसिर, काठमाडौं । केन्द्र र प्रदेशमा नयाँ सरकार गठनको कसरतलाई आजका पत्रिकाहरुले प्रमुखताका साथ छापेका छन् ।

एमाले र माओवादी केन्द्रले ६०-४० को आधारमा मुख्यमन्त्री र सभामुख पद बाँडफाँट गर्ने सम्भावना रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ । निर्वाचनमा पनि एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत निर्वाचन क्षेत्र बाँडफाँट गरेर उम्मेदवार उठाएका थिए ।

समाचारमा लेखिएको छ- अब पदीय बाँडफाँटमा पनि यही सूत्र प्रयोग हुने सम्भावना छ । यो सूत्र अनुसार अनौपचारिक रुपमा ६ मध्ये ४ वटा एमालेले र दुईवटा माओवादीलाई दिने गरी कुराकानी भएको छ । माओवादीले प्रदेश ६ र ७ मा आफ्नो दावी गरेको छ । माओवादीले दावी गरेअनुसार ६ र ७ प्रदेशको मुख्यमन्त्री पाएमा एमालेले १, ३, ४ र ५ नम्बर प्रदेश पाउने छ । २ नम्बर प्रदेशमा भने मधेसवादी दलको बहुमत रहेकाले तिनै दलबाट मुख्यमन्त्री बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित