वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ । अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य समीक्षा भए पनि प्रत्यक्ष भेटवार्ता नै भएर कुराकानी भने भएको छैन ।दोस्रो चरण (२१ मंसिर) मा सम्पन्न चुनावअगाडि १७ मंसिरमा यी दुई नेताबीच छलफल भएको थियो । त्यसयता ओली-दाहाल भेट भएको छैन । ओलीले चुनाव परिणामपछि बुधबार दाहालसँग छलफलका लागि आग्रह गरेका थिए ।
तर, दाहालले आफू मतदाताबीच व्यस्त रहनुपर्ने कारण खुलाएपछि ओली-दाहालबीच बुधबार भेट हुन पाएन । दाहाल बिहीबार मध्याह्न मात्र काठमाडौं आइपुग्नेछन् । भरतपुर महानगरपालिका वडा नम्बर ६, ८ र ९ का मतदातासँग बिहानै भेटेर मध्याह्नसम्म काठमाडौं आउने गरी दाहालले कार्यक्रम बनाएका छन् ।दाहाल काठमाडौं आएसँगै ओलीसँग हुने भेटवार्तामा नयाँ सरकार र पार्टी एकतालगायत विषयमा छलफल हुने माओवादीकेन्द्रका सचिवालय सदस्य नारायण दाहालले अन्नपूर्णलाई बताए ।‘ओलीजीले बुधबार नै भेटघाटको कुरा गर्नुभएको थियो तर अध्यक्ष (दाहाल)को जिल्लामै कार्यक्रमको व्यस्तताका कारण सम्भव भएन । बिहीबार दुई नेताबीच भेट भएर छलफल हुन्छ’, उनले भने ।
दुई नेताबीच अबको सरकारको नेतृत्वका विषयमा मोटामोटी छलफल चलिसकेको छ । निर्वाचन परिणाममा एमाले ठूलो दल बनेपछि एमाले अध्यक्ष ओलीले नै नयाँ सरकारको नेतृत्व गर्ने अनौपचारिक समझदारी भइसकेको छ । तर, त्यसको औपचारिक निर्णय नभएका कारण मात्र ओलीको नाम प्रस्तावका रुपमा आउन भने सकिरहेको छैन ।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित