निर्वाचन ‘अभिमतको क्रान्ति’ : अध्यक्ष ओली

xz
 

भक्तपुर / नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जनताले ‘अभिमतको क्रान्ति’ गरेको बताउनुभएको छ । आज बालकोटस्थित आप्mनै निवासमा अध्यक्ष ओलीलाई विजयको बधाई दिन आएका विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

 

अध्यक्ष ओलीले भन्नुभयो, “नेपालमा आफ्ना हकअधिकारको खोजीका लागि जनताले कहिले सशस्त्र क्रान्ति त कहिले जनआन्दोलन गरे पनि यसपालिको निर्वाचनमा भने देशको समृद्धि र विकासका लागि जनताले क्रान्तिकै शैलीमा अभिमत प्रकट गरेका छन् ।” वाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरे पनि विगतमा नेपाली काँग्रेसले गरे जस्तो प्रतिपक्षीप्रति आफू क्रुर नहुने भनाइ राख्दै उहाँले भन्नुभयो, “प्रतिपक्षीलाई पनि साथमा लिएर अगाडि बढ्छौँ ।”

चुनावका बेला प्रतिस्पर्धी भएकाले काँग्रेससँग केही घोचपेच गरिएको भए पनि अब त्यो अध्याय सकिएको ओलीको भनाइ थियो । अब देश निर्माणमा लाग्नुपर्ने भएकाले सबै शक्ति एकजुट भएर अघि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो । ओलीले भन्नुभयो, “कुस्ती खेल्न मैदान गएपछि एकआपसमा मुक्का हानाहान हुन्छ, तर खेल सकिएपछि बाटोमा हिँडेका बेला मुक्का हानिँदैन । त्यसैले अब एमाले अन्य पार्टीसँग सहकार्य गरेर अघि बढ्छ, किनभने अब पाँच वर्षका लागि चुनावी प्रतिस्पर्धा सकियो ।”

आगामी सरकार क्षमताहीन मानिस थोपर्ने ठाउँ नहुने बताउँदै अध्यक्ष ओलीले भ्रष्टाचार नियन्त्रण र लोकतन्त्रलाई जीवन पद्धतिका रुपमा आत्मसात गरी अघि बढ्न निजामती कर्मचारीलाई अध्यक्ष ओलीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरुबाट जनताले सुशासनको अपेक्षा राखेका छन् । छिटो, छरितो र भ्रष्टाचारमुक्त सेवा दिएर जनतालाई सुशासनको अनुभूति दिनुहोस् ।”

ढुक्क भएर लगानी गर्नुहोस्

त्यसैगरी, बालकोटमा बधाई दिन आएको चेम्बर अफ कमर्सको टोलीलाई अध्यक्ष ओलीले अबको नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै निजी क्षेत्रको भूमिका त्यसैअनुसार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योगी व्यवसायीलाई ढुक्क भएर उद्योग कलकारखानामा लगानी गर्न ओलीले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “अब हडताल र बन्दको युग सकियो । अब उत्पादन, विकास र समृद्धिको युग शुरु भइसक्यो । त्यसैले ढुक्क भएर लगानी गर्नुहोस् ।”

ओलीलाई बधाई दिन अनेरास्ववियूकी अध्यक्ष नवीना लामा, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा, आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको टोली बालकोटस्थित उहाँको निवासमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन