December 9, 2017

यसकारण निर्वाचनमा खस्कियो कांग्रेस

मंसिर २३, २०७४
 

 

१. पार्टी नेतृत्वको कमजोरी२. एजेन्डाविहीन चुनावी अभियान३. सरकारका अलोकप्रिय कामहरू…

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले दुवै चरणको निर्वाचन सम्पन्न भएलगत्तै ‘कांग्रेसले प्रत्यक्षतर्फ ६५ देखि ७० सिट जित्ने’ अनुमान आफू निकट नेताहरूलाई सुनाएका थिए । शुक्रबारको प्रारम्भिक नतिजा हेर्दा देउवाको अनुमान गलत मात्रै भएन, कांग्रेसको अवस्था निकै कमजोर देखिएको छ । २०७० को दोस्रो संविधानसभामा पहिलो दल बनेको कांग्रेसको हविगत किन यस्तो भयो ?

 ‘०४८ सालदेखि नै कम्युनिस्ट मत बढ्दै थियो, ०५६ मा एमाले नफुटेको भए त्यतिबेलै बहुमत ल्याउँथ्यो,’ प्राध्यापक कृष्ण खनालले भने, ‘अहिले एमाले र माओवादीबीच गठबन्धनको कुरा मात्रै भएन, एकता नै हुने भनियो, जसले कम्युनिस्ट जनमतमा निकै उत्साह ल्यायो । मत क्रस भएन ।’ वाम गठबन्धनलाई चुनौती दिने कार्यक्रम र रणनीतिमा कांग्रेस असफल भएको उनको बुझाइ छ । ‘

कांग्रेसले कहिल्यै वैचारिक फाइदा लिन सकेन । कम्युनिस्टहरूको विभाजन र कलहको मात्रै फाइदा लिँदै आएको हो, त्यो अवस्था अहिले भएन,’ खनालको विश्लेषण छ, ‘जसरी विचार र आस्थाका आधारमा कम्युनिस्ट गठबन्धन बन्यो, त्यसरी नै कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाउनुपथ्र्यो । एउटा राप्रपालाई लिएर लोकतन्त्रवादी भइन्छ ?’

प्रारम्भिक नतिजालाई लिएर कांग्रेसभित्रै नेतृत्वको आलोचना भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चिन्ता व्यक्त गरेका छन् । ‘पार्टी यो स्थितिमा कसरी पुग्यो ?’ उनले कान्तिपुरसँग भने, ‘यसको गम्भीर समीक्षा हुनुपर्छ ।’ तर पार्टी सभापति देउवा र उनी निकट नेताहरू एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनलाई मुख्य आधार ठान्दै अन्य कारण खोल्न चाहँदैनन् । पौडेल समूह र देउवाइतरका अन्य नेताहरूले भने चुनावी परिणामलाई नेतृत्वको असफलतासँग जोडेर हेर्न थालेका छन् ।

नेता रामशरण महत कांग्रेस यो स्थितिमा आइपुग्नुमा मुख्य तीन कारण देख्छन् । वाम गठबन्धन पहिलो कारण भए पनि पार्टी नेतृत्वको तदर्थवादी कार्यशैली र सरकारको नकारात्मक प्रतिष्ठाले कांग्रेसप्रतिको आकर्षण घटेको उनको मूल्यांकन छ । ‘वाम गठबन्धन बन्दैमा भोटमा असर पर्दैन भन्ने हामीलाई लागेको थियो, तर त्यसो भएन । मनोवैज्ञानिक असर प्रमुख रूपमा परेको देखियो,’ उनले भने, ‘तर यो नतिजा पार्टी नेतृत्वको असफलता पनि हो ।’ कांग्रेस नेतृत्वमा सरकार बने पनि आम जनताको भावनाअनुसारको प्रतिष्ठा बनाउन नसक्नुलाई महतले अर्को मुख्य कारण मानेका छन् ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग, प्रहरी नायब महानिरीक्षक प्रकरणजस्ता अलोकप्रिय निर्णयलगायतले जनमानसमा सरकारको छवि राम्रो बनेको थिएन । ‘यस्तो नतिजा आउनुको नैतिक जिम्मेवार हामी केन्द्रीय नेताहरू सबै होऔंला, तर पार्टी र सत्ताको नेतृत्वमा बसेका नेताले नै प्रमुख जिम्मेवारी लिनुपर्छ ।’कुलचन्द्र न्योपानेले लेखेको यो खबर आजको कान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०