
काठमाडौँ, १९ मंसिर । ‘चाची आहा सब भोट गिराब त जायछिय नै’, जनकपुर उपमहानगरपालिका–२१ कुर्थाटोलको चौरमा स्वयंसेविका जानकीकुमारी नायक आइतबार मतदातालाई शिक्षा दिइरहेकी थिइन्।
स्थानीय वृद्धा ध्यानपूर्वक मतदान गर्ने तरिका सिकिरहेकी थिइन्। दुई स्वयंसेविकाले मतदातालाई तीनवटा मतपत्रमा चार ठाउँमा छाप लगाउनेबारे बताए।
रातो रंगको मतपत्र रातै बाकसमा, हरियो रंगको हरियोमै र कालो रङको कालै बाकसमा खसाल्ने तरिका सिकाए। ती दुवै स्वयंसेविकालाई हामीले ती मतपत्रको भिन्नताबारे सोध्यौं। उनीहरूले नधकाई भने, ‘थाहा छैन।’
कात्तिक २५ गतेदेखि मतदाता शिक्षा कार्यक्रममा परिचालन गर्नुअघि जिल्ला निर्वाचन कार्यालयले एक दिन स्वयंसेवक तालिम दिएको थियो ।
‘निर्वाचनमा दुई दिन दिनुपर्ने, एक दिनमै सके। झोलासोला, पेपर, पैसा सबै बाँडेर समयय खेर गयो। १० देखि ५ बजेसम्म केही सिक्नै पाइएन’, राजर्षि जनक उच्च माविकी बालविकास शिक्षिका नायकले भनिन्, ‘५०–६० जनालाई तालिम दिएको थियो।
धेरै कुरा राम्ररी सुनिएन। मनमा लागेको कुरा सोध्न पाइएन।’ सिकेको कुरा सिकाउन पनि उनीहरूलाई सहज थिएन। पुरुष मतदाता महिलासँग सिक्न चाहिरहेका थिएनन्। ‘हामीलाई थाहा छ भन्दै पन्छिनुहुन्छ, महिलामात्र भेला हुन्छन्’ नायकले सुनाइन्, ‘कतिले त पार्टीबाट आएको जाऊ भन्दै गाली गर्छन्।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद