
भक्तपुर – निर्वाचन नजिकिएसँगै विभिन्न दलका उम्मेदवार सार्वजनिक कार्यक्रमभन्दा भित्री बैठक र भेटवार्तामा व्यस्त हुन थालेका छन्। भक्तपुरका दुई निर्वाचन क्षेत्रमध्ये २ नम्बर क्षेत्रका उम्मेदवारको पछिल्लो दैनिकी पनि यस्तै व्यस्ततामा बित्न थालेको छ।
बीचमा धेरै वर्ष निष्क्रिय रहेका पूर्वसभामुख दमननाथ ढुंगानाले कांग्रेसको टिकट पाएसँगै यस क्षेत्रमा सबैको ध्यान केन्द्रित भएको छ। क्षेत्र नं १ नेपाल मजदुर किसान पार्टीका प्रभाव बढी भए पनि क्षेत्र नं २ मा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
यहाँ लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा छ। त्यसैले पनि यस क्षेत्रमा सबैको ध्यान तानिएको छ। नेमकिपा यहाँ रक्षात्मक स्थितिमा छ भने बाँकी दल निर्णायक अवस्थामा छैनन्।
‘टर्निङ पोइन्ट’
यहाँ लोकतान्त्रिक गठबन्धनका लागि कांग्रेसका उम्मेदवार पूर्वसभामुख ढुंगाना र वाम गठबन्धनका लागि एमालेका उम्मेदवार महेश बस्नेतबीच कडा टक्करको अवस्था छ। पूर्वसभामुख ढुंगाना यहाँबाट जितेर आफ्नो राजनीतिको दोस्रो इनिङ सुखद बनाउन लागिपरेका छन्।
वाम गठबन्धनका उम्मेदवार पूर्वउद्योगमन्त्री बस्नेत आफू दोस्रोपटक हार्न तयार देखिँदैनन् । यस क्षेत्रको नतिजाले ढुंगाना र बस्नेत दुवैको राजनीतिक भविष्य निर्धारण गर्ने निश्चितप्रायः छ। त्यसैले यो निर्वाचनलाई दुवै उम्मेदवारको राजनीतिको टर्निङ प्वाइन्ट मानिएको छ।
‘भक्तपुरको पहिचान र क्षमता देशभर मात्रै होइन, विश्वमै उजागर गर्न स्थानीय होइन, केन्द्रीय नेताको आवश्यकता छ’, उनले भने, ‘मेरो उम्मेदवारी त्यही आवश्यकताको पूर्ति हो।’ – दमननाथ ढुंगाना
‘भक्तपुरको आधा क्षेत्र स्याटेलाइट सिटी बन्दै गर्दा आधा क्षेत्र प्रदेश राजधानी बन्नेछ। जसले गर्दा भक्तपुर व्यवस्थित सहरमा विकास गर्ने हाम्रो मुख्य एजेन्डा हो।’ – महेश बस्नेत
लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारले मतदाता आफ्नो पक्षमा रहेको दाबी गरिरहँदा नेमकिपाकी उम्मेदवार अनुराधा थापामगरले भने जनता ठूला दलको विपक्षमा रहेको दाबी गरिन्।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।