काठमाडौँ, १५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनमा विभाजन ल्याउने प्रयास भइरहेको भन्दै त्यस्ता प्रयास तोड्दै अगाडि बढ्न आह्वान गर्नुभएको छ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर असोज १७ गते गठबन्धन बनेको हो । गठबन्धनले राजनीतिक अधिकार प्राप्तिको लडाइँलाई संस्थागत गरेर मुलुकलाई नयाँ युगमा प्रवेश गराउने अन्तिम लडाइँका रूपमा अहिलेको निर्वाचनलाई लिएको उहाँले स्पष्ट पनि गर्नुभयो ।
झापा–३ भद्रपुरमा बिहीबार भएको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले अहिले मुलुक कठिन मोडमा रहेकाले संविधानको पूर्ण कार्यान्वयन गर्दै सङ्क्रमण कालको अन्त्य गर्न यो निर्वाचन भएकाले सबै खालका भ्रम हटाउन आवश्यक रहेको बताउनुभयो ।
मुलुकलाई अग्रगमनमा लैजाने र अहिलेसम्म प्राप्त उपलब्धिको जनताले अधिकतम उपभोग गर्ने अवस्था सिर्जना गर्ने राज्य स्थापनाका लागि आफूहरूको लडाइँ भएको भन्दै उहाँले हामीले जेलनेल भोगेर, दुःख गरेर लडेर ल्याएको लोकतन्त्र हामीले नै समाप्त गर्छौँ भनेर भ्रम छर्नुको सट्टा आफ्ना एजेन्डा अघि सारेको भए हुन्थ्यो भन्नुभयो । अध्यक्ष ओलीले नेपाली काँग्रेसले विकास र समृद्धिका मुद्दा जनतासामु बहसमा लैजान नसकेर अधिनायकवाद र सामन्तवादी शासनसत्ता आउन लाग्यो भनेर भ्रम छर्ने काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले विकास र समृद्धिको विषयमा काँग्रेससँग बहस गर्न एमाले तयार छ भन्नुभयो ।
अध्यक्ष ओलीले राष्ट्रिय स्वाभिमान उच्च हुन नदिन र परिवर्तन संस्थागत हुन नदिन अहिले पनि खेल भइरहेको भन्दै यसमा एमाले सचेत रहेको बताउनुभयो । उहाँले नेपालमा परिवर्तन नहोस् र यथास्थिति रहिरहोस् भन्ने चाहना राख्ने शक्ति सक्रिय रहेकाले हामी त्यसलाई यो निर्वाचनबाट परास्त गर्छौं भन्नुभयो । सामाजिक एकता भत्काउने र विद्वेश फैलाउन नदिन आफूहरू सजक र सतर्क रहेको उहाँले जनाउनुभयो ।
मुलुकलाई विकासमा लैजाने कि विनाशतर्फ धकेल्ने भन्ने निर्णय गर्ने बेला भएको पनि ओलीले बताउनुभयो । आफूहरू विकासको पक्षमा रहेको भन्दै देशलाई अघि बढाउन र नेपालको राजनीतिलाई अन्यको इशारामा चल्न नदिन आफूहरूले मत मागेको पनि ओलीले बताउनुभयो । नेपाली काँग्रेसले बारम्बार देशको भविष्य नै सङ्कटमा पारिरहेको पनि ओलीले आरोप लगाउनुभयो । ओलीले एउटै कार्यक्रम स्थलमा तीनवटा पार्टी एमाले, माओवादी केन्द्र र राप्रपाका लागि मत माग्नुभएको थियो ।
झापा–३ मा बाम गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनलाई समर्थन गरेको छ । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा रहनुभएको छ । निर्वाचन नजिक आउँदै गर्दा यस क्षेत्रको चुनावी माहोल पनि बढेको छ । सिटौलाले आफूले वाम गठबन्धनको मत ल्याएर नै चुनाव जित्ने दाबी गर्दै आउनुभएको छ । यहाँ ‘म्याच फिक्सिङ’ हुने समाचार आएपछि त्यसको खण्डन गर्न ओली त्यहाँ पुग्नुपरेको बताइएको छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।