कसले नेपाली एटीएमबाट पैसा चोरिरहेको छ ?

atm-hack_0j81BL1yGdकाठमाडौँ, १३ मंसिर । एटीएमबाट पैसा चोरी गर्नेमा अधिकांश विदेशी नागरिक भेटिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो ।

 पछिल्ला ४ वर्षयता नेपालमा एटीएमबाट पैसा चोरीका तीन दर्जनभन्दा बढी घटना भएका छन् । करिब दुई दर्जन घटना सीआईबीले अनुसन्धान गरिरहेको छ । तीमध्ये करिब ८५ प्रतिशत घटनामा विदेशी नागरिकको संलग्नता रहेको देखिएको छ । जसबाट सर्वसाधारणको करोडौं रुपैयाँ चोरी भएको छ । यसको अर्थ विदेशीहरूले मात्र एटीएमबाट पैसा चोरी गर्छन् भन्ने होइन । नेपालीहरूबाट पनि यस्ता धेरै घटना भएका छन् । ती सबै घटनाहरू बाहिर आउँदैनन् । यसकारण यस्ता घटनामा विदेशीको संलग्नता धेरै देखिएको हो ।

प्रहरीका अनुसार ०७० कात्तिकदेखि गत भदौ २५ गतेसम्म एटीएमबाट पैसा चोरीका २० वटा घटना भएका छन् । जसमध्ये ३ वटा घटनामा नेपाली संलग्न देखिएका छन् । बाँकी १७ वटा घटनामा विदेशीको संलग्नता रहेको सीआईबीको तथ्यांकमा छ ।

तीमध्ये सबैभन्दा बढी टर्की, रोमानिया, बुल्गेरिया र मोल्दोभाका नागरिक भेटिएका छन् । ‘प्रहरीले अनुसन्धान गरेका घटनाहरूमध्ये ४ वटामा टर्किस, ४ वटामा रोमानिया र ४ वटामा मोल्दोभाका नागरिक प्रक्राउ परेका छन्,’ स्रोतले भन्यो, ‘यसैगरी ३ वटामा बुल्गेरिया र २ वटा घटनामा भारतीय नागरिकको संलग्नता भेटिएको छ ।’

केही वर्षयता बैंक तथा वित्तीय क्षेत्रमा बैंकिङ कसुरका घटना निरन्तर रूपमा बढिरहेका छन् । विगतका तुलनामा कसुरको प्रकृति भने बदलिएको छ । विगतमा बैंक सञ्चालकलगायत उच्च पदस्थ अधिकारिहरूकै कारणले हिनामिनाका घटना धेरै हुन्थे । अचेल अधिकांश घटनाहरू प्रविधिसँग सम्बन्धित रहेको विज्ञहरू बताउँछन् ।

पछिल्लो समयमा भएका अधिकांश बैंकिङ कसुरहरू एटीएम कार्ड, इन्टरनेट बैंकिङ, स्वीफटसँग सम्बन्धित रहेको नायब प्रहरी महानिरीक्षक (डीआईजी) पुष्कर कार्कीले बताए । यस्ता जोखिम न्यूनीकरणका लागि बैंकको आन्तरिक कारोबार प्रणाली बलियो बनाउनुपर्ने उनको सुझाव छ ।

आधुनिक प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा जोखिम पनि बढदै गएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । ‘ग्राहकलाई सरल र सहज रूपमा बंैकिङ सेवा दिने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले आधुनिक प्रविधि प्रयोगमा ल्याए पनि सुरक्षामा पर्याप्त ध्यान पुर्‍याउन नसक्दा जोखिम बढेको देखिन्छ,’ उनले भने ।

केही समयअघिसम्म एटीएम तथा पासवर्ड सुरक्षित राख्न नसक्नुका साथै सही तरिकाले एटीएम प्रयोग गर्न नजान्दा पैसा चोरीका घटना हँुदै आएका थिए । अचेल गिरोहले विभिन्न प्रविधिमार्फत ग्राहकको खाता नम्बर र पासवर्ड चोरी गरेर पैसा निकाल्दै आएको बैंकरहरू बताउँछन् ।

बैंकिङ कसुरमा साढे १९ अर्ब हिनामिना 

बैंकिङ कसुरअन्तर्गत भएको छानबिनबाट करिब ६ वर्षमा १९ अर्ब ६४ करोड रुपैयाँ हिनामिना भएको छ । हिनामिनामा २८ बैंक तथा वित्तीय संस्थाका ५ सयभन्दा बढी व्यक्तिको संलग्नता फेला परेको छ ।

बैंकिङ कसुरको आरोप लागेका व्यक्तिले कर्जा अपचलन, नक्कली खाता र चेक, विद्युतीय कारोबारलगायत विभिन्न माध्यमबाट रकम हिनामिना गरेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरको आरोप लागेकामध्ये १ सय ४७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । बाँकी अभियुक्तहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये केही मुद्दा फैसला भए पनि अधिकांश प्रक्रियामा रहेको जनाइएको छ ।’

२०६८ वैशाखदेखि हालसम्म पक्राउ परेकाहरूबाट १९ अर्ब ६४ करोड ५१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । उक्त अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बैंकिङ कसुरसम्बन्धी ५ सयभन्दा बढी आवेदन परेको प्रहरीले जनाएको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि