काठमाडौँ, १३ मंसिर । एटीएमबाट पैसा चोरी गर्नेमा अधिकांश विदेशी नागरिक भेटिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो ।
प्रहरीका अनुसार ०७० कात्तिकदेखि गत भदौ २५ गतेसम्म एटीएमबाट पैसा चोरीका २० वटा घटना भएका छन् । जसमध्ये ३ वटा घटनामा नेपाली संलग्न देखिएका छन् । बाँकी १७ वटा घटनामा विदेशीको संलग्नता रहेको सीआईबीको तथ्यांकमा छ ।
तीमध्ये सबैभन्दा बढी टर्की, रोमानिया, बुल्गेरिया र मोल्दोभाका नागरिक भेटिएका छन् । ‘प्रहरीले अनुसन्धान गरेका घटनाहरूमध्ये ४ वटामा टर्किस, ४ वटामा रोमानिया र ४ वटामा मोल्दोभाका नागरिक प्रक्राउ परेका छन्,’ स्रोतले भन्यो, ‘यसैगरी ३ वटामा बुल्गेरिया र २ वटा घटनामा भारतीय नागरिकको संलग्नता भेटिएको छ ।’
केही वर्षयता बैंक तथा वित्तीय क्षेत्रमा बैंकिङ कसुरका घटना निरन्तर रूपमा बढिरहेका छन् । विगतका तुलनामा कसुरको प्रकृति भने बदलिएको छ । विगतमा बैंक सञ्चालकलगायत उच्च पदस्थ अधिकारिहरूकै कारणले हिनामिनाका घटना धेरै हुन्थे । अचेल अधिकांश घटनाहरू प्रविधिसँग सम्बन्धित रहेको विज्ञहरू बताउँछन् ।
पछिल्लो समयमा भएका अधिकांश बैंकिङ कसुरहरू एटीएम कार्ड, इन्टरनेट बैंकिङ, स्वीफटसँग सम्बन्धित रहेको नायब प्रहरी महानिरीक्षक (डीआईजी) पुष्कर कार्कीले बताए । यस्ता जोखिम न्यूनीकरणका लागि बैंकको आन्तरिक कारोबार प्रणाली बलियो बनाउनुपर्ने उनको सुझाव छ ।
आधुनिक प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा जोखिम पनि बढदै गएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । ‘ग्राहकलाई सरल र सहज रूपमा बंैकिङ सेवा दिने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले आधुनिक प्रविधि प्रयोगमा ल्याए पनि सुरक्षामा पर्याप्त ध्यान पुर्याउन नसक्दा जोखिम बढेको देखिन्छ,’ उनले भने ।
केही समयअघिसम्म एटीएम तथा पासवर्ड सुरक्षित राख्न नसक्नुका साथै सही तरिकाले एटीएम प्रयोग गर्न नजान्दा पैसा चोरीका घटना हँुदै आएका थिए । अचेल गिरोहले विभिन्न प्रविधिमार्फत ग्राहकको खाता नम्बर र पासवर्ड चोरी गरेर पैसा निकाल्दै आएको बैंकरहरू बताउँछन् ।
बैंकिङ कसुरमा साढे १९ अर्ब हिनामिना
बैंकिङ कसुरअन्तर्गत भएको छानबिनबाट करिब ६ वर्षमा १९ अर्ब ६४ करोड रुपैयाँ हिनामिना भएको छ । हिनामिनामा २८ बैंक तथा वित्तीय संस्थाका ५ सयभन्दा बढी व्यक्तिको संलग्नता फेला परेको छ ।
बैंकिङ कसुरको आरोप लागेका व्यक्तिले कर्जा अपचलन, नक्कली खाता र चेक, विद्युतीय कारोबारलगायत विभिन्न माध्यमबाट रकम हिनामिना गरेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरको आरोप लागेकामध्ये १ सय ४७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । बाँकी अभियुक्तहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये केही मुद्दा फैसला भए पनि अधिकांश प्रक्रियामा रहेको जनाइएको छ ।’
२०६८ वैशाखदेखि हालसम्म पक्राउ परेकाहरूबाट १९ अर्ब ६४ करोड ५१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । उक्त अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बैंकिङ कसुरसम्बन्धी ५ सयभन्दा बढी आवेदन परेको प्रहरीले जनाएको छ । कान्तिपुरमा खबर छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद