मतपेटिका सुरक्षा व्यवस्था; मुसा पनि छिर्न नसक्ने

काठमाडौँ, १२ मंसिर ।  रुकुम (पश्चिम)का सबै मतपेटिका सदरमुकाम ल्याइएको छ । सोमबार साँझ ७३ मतदानस्थलबाट सबैमा मतपेटिका सदरमुकाम ल्याइएको प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी दिए । ४३ मतदानस्थलका मतपेटिका आइतबारै सदरमुकाम ल्याइएको थियो ।

आठविकासकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी गाउँपालिकाका ३० वटा मतदानस्थलका मतपेटिका सोमबार साँझ सदरमुकाम ल्याइएको हो ।

प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी जिल्लाभरका तीन सय ३३ मतपेटिका कडा सुरक्षाका बीच जिल्ला समन्वय समितिमा राखिएको छ ।

मतपेटिका राखिएको कोठामा मुसासमेत छिर्न नसक्ने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

रुकुम (पूर्व)
रुकुम (पूर्व)का चारवटा मतदानस्थलका मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम रुकुमकोट ल्याइएको छ ।

पुथाउत्तरगंगा गाउँपालिकाको हुकाम, रन्मामैकोट, मैकोट र पेल्मा मतदानस्थलका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले जानकारी दिए । पैदल दुई दिन हिँडेर मतपेटिका ल्याउँदा सुरक्षा चुनौती हुने भएकाले मतपेटिका ओसार्न हेलिकोप्टरको सहायता लिनुपरेको प्रजिअ सापकोटाले बताए ।

गोरखा
उत्तरी गोरखाका १६ वटा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको छ ।

दलीय प्रतिनिधिसहित दुर्गम मतदान केन्द्रका मतपेटिका सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याएको गोरखाका निर्वाचन अधिकारी नारायण सापकोटाले जानकारी दिए ।

गोरखा क्षेत्र नम्बर २ को मतपेटिका जिल्ला समन्वय समितिमा सिल गरेर राखिएको छ । दलीय प्रतिनिधिको रोहवरमा मतपेटिका भण्डारण गरेर सुरक्षित पारिएको सापकोटाले बताए ।

लमजुङ
हिमालपारिको जिल्ला मनाङमा सबै मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सोमबार सदरमुकाम चामे ल्याइएको छ ।

चार गाउँपालिका रहेको मनाङमा ‘नार फु’ मा रहेका पाँच मतदान केन्द्रलाई अति संवेनदशील सूचीमा राखिएको थियो ।

उक्त केन्द्रको मतपेटिका सोमबार बिहान साढे ११ बजे हेलिकोप्टरमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालय चामे ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बताए ।

मनाङका २३ मतदान केन्द्रको मतपेटिका भने आइतबार राति ११ बजे चामे ल्याइएको थियो ।

ताप्लेजुङ
ताप्लेजुङका उच्च हिमाली गाउँमा रहेका चार मतदान केन्द्रका मतपेटिका सोमबार हेलिकोप्टरमार्फत जिल्ला सदरमुकाम ल्याइएको छ ।

फक्ताङलुङ गाउँपालिका वडा नम्बर ७ को याङ्मा, ओलाङचुङगोला र फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ ग्याब्ला र घुन्साका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत जिल्ला सदरमुकाम फुङलिङ ल्याइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

ताप्लेजुङको सबैभन्दा उच्च हिमाली क्षेत्रमा रहेको याङ्मा मतदान केन्द्रमा ५७ मतदातामध्ये १६ जनाले मतदान गरेका थिए भने, ग्याब्ला मतदान केन्द्रमा ४९ मतदातामध्ये २५ मत खसेको थियो ।

धादिङ
भौगोलिक रूपमा विकट धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबिभ्याली र खनियावास गाउँपालिकाका मतपेटिका हेलिकोप्टरमार्फत सोमबार सदरमुकाम ल्याइएको छ ।

सडक नपुगेका उत्तरी क्षेत्रका १७ वटा मतदानकेन्द्रका ५१ वटा मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम ल्याइएको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए । नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०