स्वास्थ्य बीमा दोब्बर बनाउने तयारी

काठमाडौँ, ९ मंसिर –  एक परिवारलाई वार्षिक ५० हजार रुपियाँसम्मको स्वास्थ्य बीमा उपलब्ध गराइरहेको सरकारले त्यसलाई बढाएर एकलाख रुपियाँ पु¥याउने तयारीमा जुटेको छ ।  उपचार खर्च धान्न नसक्ने भएपछि सरकारले त्यसलाई बढाएर एकलाख पु¥याउन लागेको हो ।

1111111
स्वास्थ्य बीमा ऐन संसद्बाट पारित भइसकेपछि नियमावलीको मस्यौदामा जुटेको सरकारले नियमावलीमा उक्त रकम बढाएर एक लाख रुपियाँ बनाउन लागेको हो ।सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले स्वास्थ्य बीमाको उपचार सुविधा हालको भन्दा दोब्बर बढाएर एक लाख रुपियाँ पु¥याउने तयारी गरेको जानकारी दिँदै स्वास्थ्य बीमासम्बन्धी नियमावली आउने तयारीमा रहेको जानकारी गराउनुभयो । \

हाल पाँच जनासम्मको परिवार छ भने वार्षिक दुईहजार पाँच सय रुपियाँ तिरेपछि ५० हजार रुपियाँ सम्मको स्वास्थ्य उपचार सेवा पाउँदै आएका छन् ।कार्यकारी निर्देशक डा. लोहनीले स्वास्थ्य बीमा नवीकरण गर्दा लाग्ने शुल्कमा समेत सहुलियत दिने तयारी भइरहेको बताउनुभयो ।  उहाँले कति प्रतिशत सहुलियत दिने भन्ने विषयमा अहिलेसम्म निष्कर्षमा पुग्न नसकिएपछि छलफलको चरणमारहेको बताउनुभयो ।

बीमा सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक गत असोज २४ मा व्यवस्थापिका संसद्बाट पारित भएपछि कात्तिक १ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो ।  जनतालाई गुणस्तरीय स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउन भन्दै सरकारले दुईवर्ष अघिबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।हालसम्म स्वास्थ्य बीमा कार्यक्रम २२ वटा जिल्लामा लागू भइसकेको छ ।  निर्देशक डा. लोहनीले नियमावलीमा बीमा गरेको तर उपचार सुविधा नलिएको व्यक्तिको नवीकरणपछि उपचार सुविधा लिने बेलामा केही सहुलियत थपिनेजानकारी पनि दिनुभयो ।

अहिलेसम्म बीमा कार्यक्रम लागू भएका जिल्लाहरू कैलाली, बाग्लुङ, इलाम, पाल्पा, कास्की, बैतडी, अछाम, म्याग्दी, चितवन, मकवानपुर, गोरखा, तनहुँ, जुम्ला, जाजरकोट, भक्तपुर, बर्दिया, सुर्खेत, रोल्पा, सिन्धुली, सोलुखुम्बु, सुनसरी र झापा छन् ।  निर्देशक डा. लोहनीले तीनवर्षभित्र सबै जिल्लामा लागू हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित