सरकारले १२ सय मेगावाटको बूढीगण्डकी (जलाशययुक्त) आयोजना स्वदेशी स्रोतबाट निर्माण गर्ने निर्णय गरेको खबर आजको अन्नपूर्ण पोस्टबाट लिएका छौं ।
यति ठूलो आयोजना स्वदेशी लगानीबाट सम्पन्न गर्ने निर्णय भएको पहिलोपटक हो। विकास थापाले अन्नपूर्ण पोस्टमा लेखेका छन् ।
सम्पूर्ण अध्ययन पूरा भई लगानीको बन्दोबस्ती हुनासाथ निर्माण सुरु गर्न मिल्ने बूढीगण्डकी एकमात्र आयोजना हो ।
आगामी आठ वर्षभित्र यो आयोजना पूरा गर्ने गरी शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । आयोजनाको अनुमानित लागत दुई खर्ब ५९ अर्ब रुपैयाँ छ।
गत कात्तिक २७ गते मन्त्रिपरिषद्ले चीनको गुजुवा ग्रुप कम्पनी र ऊर्जा मन्त्रालयबीच भएको बूढीगण्डकी निर्माणसम्बन्धी समझदारी खारेज गरेपछि मुख्य विपक्षी एमाले तथा गठबन्धनका नेताहरुले यो आयोजना भारतीय कम्पनीलाई दिनका लागि खारेज गरिएको आरोप लगाउँदै आएका थिए।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)